तीन दिनदेखि सामाजिक सञ्जालमा पोस्ट भएका विचार र टिप्पणी पढ्दा–पढ्दा म पूरै अघाएको छु । सामाजिक सञ्जालका ती पोस्ट र टिप्पणीमा यदि उत्तर र दक्षिण कोरियाका नेता दोस्रो विश्वयुद्धपछि भएको विभाजनपछि तीन वर्षसम्म चलेको विनाशकारी कोरियाली युद्ध र ६५ वर्ष लामो अवधिमा सयौँ–हजारौँ टन धम्की, लाखौँ टन गाली र सिमानाका एक–एक इन्च भूमिमा सैनिकले भर्ने कार्यपछि पनि आपसमा मित्रताको हात त मिलाउनैपर्छ भन्ने निष्कर्षमा पुग्न सक्छन् भने आखिर भारत र पाकिस्तानले यस्तो किन गर्न सक्दैनन् ? भन्ने प्रश्न पटक–पटक उठाइएका छन् ।

तर, मेरो विचारमा उत्तर र दक्षिण कोरियाको उदाहरण भारत र पाकिस्तानबीच ‘फिट’ हुन सक्दैन । त्यसैले, बेकारका आशा र अपेक्षाको दलदलमा गोता खाएर आफूले आफैँलाई थकाउनुको अर्थ छैन । यसो भन्नुको मुख्य कारण यो हो कि भारत र पाकिस्तान दुई अलग–अलग देश हुन् ।
जब कि कोरियाका दुवै हिस्सा ठीक त्यस्तै छन्, जस्तो पूर्वी र पश्चिमी जर्मनी अर्थात् शीतयुद्धको अवशेष । दुवै कोरिया सायद कुनै दिन जर्मनीझैँ एक हुन पनि सक्छन्, किनकि उनीहरू एक हुनै चाहन्छन् पनि । दुवै कोरियाको देश चलाउने शासन पद्धति भलै अलग–अलग छ, तर भाषा, नश्ल, रंग, खानपान र इतिहास एउटै छ ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय