कुटुम्बको अष्ट्रेलिया यात्राः लाप्राक बस्ती सहयोगदेखि फुटबल टीमलाई प्रोत्साहनसम्म

 

Kutumba२० फेब्रुअरी, पर्थ । नेपालको लोकप्रिय बाद्यवादकहरुको टीम कुटुम्ब मार्चको तेस्रो हप्ता अष्ट्रेलिया आउँदैछ । कुटुम्बको यो पहिलो अष्ट्रेलिया यात्रा हो ।

दक्षिण अष्ट्रेलियाको एडिलेडमा हुनेल नेपाल फेस्टिबलको क्रममा आउन लागेको यो टीम अष्ट्रेलियामा प्रमुख शहरहरुमा घुम्ने छ ।

पश्चिम अष्ट्रेलियाको पर्थमा भने अप्रिल १ मा पुगेर आफ्नो प्रस्तुति दिने कुटुम्बले अष्ट्रेलिया आई नेपाली लोकबाजाको प्रवर्द्धन गर्ने छ ।

कुटुम्बलाई अष्ट्रेलियामा निमन्त्रणा गर्ने सोलान्चरका क्रियटिभ डाइरेक्टर राजु शाक्यका अनुसार कुटुम्बले सिड्नी, मेलवर्न, पर्थ, एडिलेड र व्रिसवेनमा कार्यक्रम गर्ने छ ।

उनका अनुसार मार्च २२ मा काठमाडौंबाट उड्ने कुटुम्ब टीम २३ तारिकमा एडिलेडमा आइपुग्ने छ । त्यहाँ मार्च २५ मा नेपाल फेस्टिबल तय भएको छ ।

त्यस्तै मार्च २६ मा उक्त टीमले मेलवर्नमा आयोजना गरिने मम तथा म्युजिक फेस्टिबलमा सहभागी हुनेछ । ‘नेपालको लोकपि्रय खाजा मम र लोकसंगीत दुबैको प्रवर्द्धन गर्न यो फेस्टिबल आयोजना गरिएको हो,’ राजु शाक्यले भने ।

त्यस्तै कुटुम्बले अपि्रलमा पर्थ, अप्रिल ८ मा वि्रसवेन र अपि्रल ९ र १५ मा सिड्नीमा आफ्ना प्रस्तुति दिनेछ । मेलवर्न र सिड्नीमा नेपालको लाप्राकमा बन्दै गरेको बस्तीलाई सघाउन आयोजना हुने फण्ड राइजिङ कार्यक्रममा कुटुम्बको सहभागिता हुनेछ ।

पर्थमा आयोजना हुने कार्यक्रमबाट जम्मा हुने रकम पश्चिम अष्ट्रेलियाको नेप्लिज युनाइटेड फुटबल क्लबलाई सहयोग गरिने पर्थको आयोजक संस्था नमस्ते नेपालका दीपक शर्माले बताए । कुटुम्बको टीममा अरुण मानन्धर, किरण नेपाली, पनित महर्जन, राजु महर्जन, रुबिनकुमार श्रेष्ठ र सिद्धार्थ महर्जन रहेका छन् । टीमका व्यवस्थापक अरुण गुरुङ पनि सँगै अष्ट्रेलिया आउँदैछन् ।

नेपाली लोकबाजा अष्ट्रेलियामा किनै प्रिय छ । प्राय यहाँका रेष्टुरेन्टहरुमा कुटुम्बले सिर्जना गरेका धुन बजिरहेका हुन्छन् भने धुनमात्रै भएकाले गैरनेपाली बीचमा पनि लोकप्रिय छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

राष्ट्रिय परिचयपत्रलाई अनिवार्य एकल परिचय बनाउने सरकारको निर्णय, नागरिकता र राहदानी सेवा जुनसुकै जिल्लाबाट पाइने

 चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

इजरायलद्वारा इरानका सैन्य ठाँउमा थप हवाई आक्रमण

९ असार २०८२, सोमबार जेरुसेलम — इजरायली सेनाले सोमबार पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा हवाई