विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न आगामी निर्वाचनमा पाँच प्रकारका मतदान प्रणाली अवलम्बन गर्न सकिने सुझाव दिनुभएको छ।

सिंहदरबारमा मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै वाग्लेले विदेशस्थित नेपालीलाई मतदान प्रक्रियामा सहभागी गराउन नेपालको आवश्यकता, स्रोत–साधन र प्राविधिक क्षमताअनुसार उपयुक्त प्रणाली छनोट गरी आवश्यक कानुनी तथा प्रशासनिक व्यवस्था गर्नुपर्ने बताउनुभयो।

निर्वाचनसम्बन्धी अध्ययन प्रतिवेदनमा विदेशस्थित मतदाताका लागि प्रत्यक्ष मतपेटिका (दूतावास वा तोकिएको मतदान केन्द्र), हुलाकमार्फत मतदान, प्रतिनिधिमूलक (प्रोक्सी) मतदानसहित अन्तर्राष्ट्रिय अभ्यासमा रहेका पाँच प्रमुख मतदान प्रणालीलाई सम्भावित विकल्पका रूपमा उल्लेख गरिएको छ।

प्रतिवेदनअनुसार ब्राजिल, फ्रान्स, दक्षिण अफ्रिका र मेक्सिकोले दूतावास वा मतदान केन्द्रमार्फत मतदान प्रणाली अपनाएका छन् भने अस्ट्रेलिया, क्यानडा, जर्मनी, सिंगापुर तथा बंगलादेशले हुलाकमार्फत मतदानको अभ्यास गरेका छन्।

वाग्लेले विदेशमा रहेका नेपालीको संवैधानिक मतदान अधिकार प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपालको परिस्थिति अनुकूल मतदान प्रणाली विकास गरी लागू गर्नुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट