विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न आगामी निर्वाचनमा पाँच प्रकारका मतदान प्रणाली अवलम्बन गर्न सकिने सुझाव दिनुभएको छ।

सिंहदरबारमा मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै वाग्लेले विदेशस्थित नेपालीलाई मतदान प्रक्रियामा सहभागी गराउन नेपालको आवश्यकता, स्रोत–साधन र प्राविधिक क्षमताअनुसार उपयुक्त प्रणाली छनोट गरी आवश्यक कानुनी तथा प्रशासनिक व्यवस्था गर्नुपर्ने बताउनुभयो।

निर्वाचनसम्बन्धी अध्ययन प्रतिवेदनमा विदेशस्थित मतदाताका लागि प्रत्यक्ष मतपेटिका (दूतावास वा तोकिएको मतदान केन्द्र), हुलाकमार्फत मतदान, प्रतिनिधिमूलक (प्रोक्सी) मतदानसहित अन्तर्राष्ट्रिय अभ्यासमा रहेका पाँच प्रमुख मतदान प्रणालीलाई सम्भावित विकल्पका रूपमा उल्लेख गरिएको छ।

प्रतिवेदनअनुसार ब्राजिल, फ्रान्स, दक्षिण अफ्रिका र मेक्सिकोले दूतावास वा मतदान केन्द्रमार्फत मतदान प्रणाली अपनाएका छन् भने अस्ट्रेलिया, क्यानडा, जर्मनी, सिंगापुर तथा बंगलादेशले हुलाकमार्फत मतदानको अभ्यास गरेका छन्।

वाग्लेले विदेशमा रहेका नेपालीको संवैधानिक मतदान अधिकार प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपालको परिस्थिति अनुकूल मतदान प्रणाली विकास गरी लागू गर्नुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्थमन्त्री वाग्लेको दिल्ली अभिव्यक्तिले नेपालमा बढायो कूटनीतिक विवाद

कार्तिक १०, काठमाडौँ । नयाँदिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिलाई लिएर

बंगालको खाडीको न्यून चापीय प्रणालीको प्रभाव: बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न

बैंक खातामा राष्ट्रिय परिचयपत्रको ‘बाध्यकारी’ नियम बदर: सर्वोच्चको ऐतिहासिक फैसला र यसका दूरगामी प्रभाव

२९ असोज २०८३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्न, केवाईसी अद्यावधिक गर्न तथा

मानव अधिकार परिषद्मा नेपाल निर्वाचित, एसिया–प्रशान्त क्षेत्रबाट सर्वाधिक १७३ मत

असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा

गैरकानुनी बर्खास्तमा क्षतिपूर्ति निर्धारण गर्दा सेवा अवधि गणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण

अख्तियारकी आयुक्त अमात्य र प्रदीप अधिकारीबीचको अडियोले घुस र अनुसन्धानको सूचना चुहावटमाथि प्रश्न

आश्विन २६,काठमाडौं । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.