बिहान उठेपछि प्रायजसो मानिसहरु फ्रेस हुनका लागि नुहाउने गर्छन् । तर चाणक्यले भने केही यस्ता अवस्थाहरु बताएका छन् कि त्यसपछि नुहाउनु जरुरी हुन्छ । उनका अनुसार स्त्री होस् या पुरुष स्वास्थ्यका लागि त नुहाउनै पर्छ । चाणक्य नीतिका अनुसार यी चार काम सकेपछि नुहाउनुपर्छ ।
तेल मालिश गरेपछि नुहाउनुपर्छ
चाणक्यले बताएअनुसार स्वस्थ शरीर र चमकदार छालाका लागि हप्तामा कम्तीमा एकपटक पुरा शरीरमा तेल मालिश गर्नुपर्छ । तेल मालिशपछि शरीरमा भएका रोम छिद्रहरु खुल्छन् र भित्रका विकार पदार्थहरु बाहिर निस्कन्छन् । यसकारण तेल मालिश गरेको केही समयपछि नै नुहाउनुपर्छ । तेल मालिशपश्चात ननुहाई बाहिर जानु अशुभ मानिन्छ ।
शवयात्राबाट फर्केपछि नुहाउनुपर्छ
चाणक्य नीतिका अनुसार मलामी गएर फर्केपछि पनि नुहाउनुपर्छ । किनकी घाट वरिपरी भएका किटाणुहरुले हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छ । यदि ननुहाई बसेमा कपडा वा शरीरका अन्य भागमा किटाणुहरु हुनसक्छन्, जसले हाम्रो शरीरलाई असर गर्नसक्छ ।
यौनसम्पर्क गरेपछि नुहाउनुपर्छ
स्त्री होस् या पुरुष यौनसम्पर्क गरेपछि नुहाउनु जरुरी मानिन्छ । किनकी उक्त समयमा महिला तथा पुरुष दुवै अपवित्र हुन्छन् । चाणक्य नीतिका अनुसार यदि कोहि यौनसम्पर्कपछि पनि नुहाउँदैन भने ऊ कुनैपनि धार्मिक कामका लागि योग्य हुन सक्दैन ।
कपाल काटेपछि नुहाउनुपर्छ
चाणक्य नीतिका अनुसार कपाल काटेपछि नुहाउनुपर्छ । कपाल काटेपछि पुरै शरीरभरि कपालका स-साना टुक्राहरु झरेका हुन्छन् । त्यसकारण कपाल काटेपछि नुहाउनु जरुरी मानिन्छ ।
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ
काठमाडौं, १८ वैशाख । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का
काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,