परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त सुनिश्चित गर्न र दिगो कृषि प्रणाली प्रवर्द्धनमा अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक रहेको बताउनुभएको छ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (FAO) को रोममा आयोजित ४४औँ महासभालाई सोमबार सम्बोधन गर्दै मन्त्री डा. राणाले विशेषगरी नेपालजस्ता भूपरिवेष्ठित र हिमाली क्षेत्र भएका देशहरू जलवायु संकटबाट सबैभन्दा बढी प्रभावित भएका तर जलवायु वित्त र अनुकूलन उपायहरूमा उपेक्षित रहँदै आएको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “नेपाल र यस्तै देशहरूका हिमाली क्षेत्र जलवायु परिवर्तनका कारण प्रत्यक्ष मर्कामा परेका छन्। तर अन्तर्राष्ट्रिय जलवायु वित्त र अनुकूलन रणनीतिहरूमा यिनको सहभागिता न्यून छ, जुन चिन्ताको विषय हो।”

नेपालको कृषि प्रणालीको महत्त्वलाई रेखांकित गर्दै मन्त्री डा. राणाले कृषिले मुलुकको कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा २३ प्रतिशत योगदान दिएको र करिब दुई तिहाई जनसङ्ख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषि व्यवसायमा आश्रित रहेको जानकारी दिनुभयो। खाद्य सुरक्षा, पोषण, गरिबी निवारण र ग्रामीण विकासका लागि कृषि क्षेत्रको भूमिकालाई उहाँले विशेष महत्त्वका साथ प्रस्तुत गर्नुभयो।

डा. राणाले सन् २०३० भित्र भोकमुक्त विश्व निर्माण गर्ने लक्ष्य अझै अधुरो रहेको उल्लेख गर्दै जलवायु संकट, महामारी, आर्थिक अस्थिरता र भूराजनीतिक तनावहरूले दिगो विकास लक्ष्यहरूमा नकारात्मक प्रभाव पारेको बताउनुभयो।

उहाँले पहाडी क्षेत्रहरूमा सहनशील र दिगो कृषि प्रणाली प्रवर्द्धन अपरिहार्य रहेको उल्लेख गर्दै यस्तो प्रणालीले न केवल जीविकोपार्जनको आधार निर्माण गर्ने तर पृथ्वीको पारिस्थितिक सन्तुलन, जैविक विविधता र खाद्य सुरक्षाको संरक्षणमा समेत योगदान दिने बताउनुभयो।

नेपाल ‘फोर बेटर’ अवधारणाअन्तर्गत नवप्रवर्तनशील र सफल कृषि अभ्यासहरूको विस्तार गर्न इच्छुक रहेको उल्लेख गर्दै मन्त्री डा. राणाले कृषकहरूलाई पूर्वसूचना प्रणालीमा पहुँच पुर्‍याउन सहकार्यको खाँचो औँल्याउनुभयो। उहाँले जलवायु जोखिम बढिरहेका सन्दर्भमा एफएओसँग सहकार्य सशक्त पार्ने र महिला तथा युवा कृषकहरूको सहभागिता र नेतृत्व विस्तार गर्न अनुभव र ज्ञानको आदान–प्रदानको अपेक्षा रहेको स्पष्ट गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि