आज ओली निवास बालकाेटमा तीन शिर्ष नेताबीच छलफल हुँदै  

बैशाख ४ भक्तपुर । सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका तीन शीर्ष नेताबीच संसद्मा रहेका विधेयकलाई सहमतिमा अघि बढाउने सन्दर्भमा आज  छलफल हुँदै छ। प्रधानमन्त्री  प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच विधेयकमा सहमति जुटाउन छलफल हुने भएको हो। 

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार संवैधानिक परिषद्सम्बन्धी विधेयक, सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकलाई अगाडि बढाउन शीर्ष नेताबीच छलफल हुन लागेको हो।

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या आएपछि स्थगित भएको छलफल आज बिहान ९ बजे हुने शर्माले जानकारी गराए। उहाँका अनुसार प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा ओली निवास बालकोट पुगेर अध्यक्ष ओलीको स्वास्थ्यलाभको कामना गर्ने र संसद्मा विधेयक अगाडि बढाउन समझदारीका लागि छलफल गर्ने कार्यसूची रहेको छ।

यसअघि चैत २५ र २८ गते पनि उहाँहरूबीच छलफल भएको थियो। सभामुख देवराज घिमिरेको समन्वयमा तीन दलका शीर्ष नेताबीच भएको छलफल विशेषतः 

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई सहमतिमा टुङ्ग्याउने विषयमा केन्द्रित थियो। संसद्मा रहेको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई सहमतिमा पारित गर्ने गरी छलफल अघि बढिरहेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द

कागबेनीका बाढीपीडितलाई राहत वितरण

कागबेनी (मुस्ताङ),  भदौ १८ गते । मुस्ताङको कागबेनीमा केही समय अघि आएको बाढीपीडितका लागि राहत

बौद्धिक भ्रष्टाचारका पाटाहरू

व्यक्तिगत हित वा स्वार्थ पूर्तिका लागि सार्वजनिक ओहोदा वा पद, स्रोत वा सम्पत्तिको हानि नोक्सानी

ललिता निवास प्रकरणको प्रतिवेदन सिआईबीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझायो

काठमाडौँ, भदौ  ५ गते । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले ललिता निवासको सरकारी जग्गा हिनामिना