जिल्लाको पाटनमा बसपार्क निर्माणको काम अलपत्र परेको छ । आर्थिक वर्ष २०७१/७२ मा निर्माण सुरु गरिएको बसपार्क आठ वर्ष पुग्दा पनि अहिलेसम्म पूरा हुन नसकेको हो । पाटनमा सवारीसाधनको चापलाई ध्यानमा राखेर बसपार्क निर्माणको काम अघि बढाइए पनि समयमै निर्माणको काम सम्पन्न नहुँदा स्थानीयबासिन्दासमेत निराश भएका छन् ।

आठवटा बस र चारवटा जीप एकैपटक पार्किङ गर्नसक्ने क्षमताको बसपार्क निर्माणको काम अलपत्र पर्दा समस्या भएको उनीहरुले बताए । बसपार्क निर्माणको काम ढिलाइ हुँदा सवारीसाधन बजारमै पार्किङ गर्ने गरिएको स्थानीय दिनेश विष्टले जानकारी दिए । उनले भने, ‘बसपार्क निर्माण गर्न ढिलाइ भएको छ, अव्यवस्थितरुपमा बजारमै पार्किङ गरिँदा दुर्घटनाको जोखिमसमेत बढ्दै गएको छ ।’
बसपार्क निर्माणअन्तर्गत अपाङ्गमैत्री शौचालय, बस र जीपका लागि छुट्टाछुट्टै पार्किङ, आरसिसी बाटो, काउन्टर भवन निर्माण गरिने उल्लेख भए पनि अहिलेसम्म काउन्टर भवन बन्न सकेको छैन ।
सुरुमा बजेटको अभाव, सङ्घीयतापछि सम्बन्धित कार्यालय केही समय सङ्घ र केही समय प्रदेश मातहत रहँदाको अन्यौल, कोभिडलगायत कारणले बसपार्क निर्माणमा ढिलाइ भएको भनिए पनि एउटै बसपार्क आठ वर्षदेखि निर्माण पूरा नहुँदा स्थानीयवासी निराश भएका हुन् ।
पाटन नयाँ सहर आयोजनाअन्तर्गत बसपार्क निर्माण भइरहेको भए पनि निर्माण सुरु भएको आठ वर्ष बितिसक्दासमेत निर्माणको काम सम्पन्न हुन सकेको छैन । पाटन नयाँ सहरमा व्यवस्थित बसपार्कको अवधारणाअन्तर्गत बसपार्क निर्माणको काम सुरु भए पनि विभिन्न कारणले अझै पनि निर्माण हुन नसकेको पाटन नयाँ सहर आयोजना कार्यालयका सूचना अधिकारी इञ्जिनियर रोहितराज भण्डारीले बताए ।
एक सय ३० मिटर लम्बाइ र ४५ मिटर चौडाइको बसपार्कको ९० प्रतिशत काम पूरा भइसकेको भए पनि केही काम अझै बाँकी छ । उनले भने, ‘बसपार्कअन्तर्गत काउन्टर भवन र आरसिसी बाटो निर्माण गर्न बाँकी रहेको छ । त्यसका लागि ठेक्का जिम्मा पाएको प्रमोद कन्सट्रक्सनले यो वर्ष काम अघि बढाउन सकेको छैन ।’ समयमै बसपार्क निर्माण नहुँदा बनेका संरचनासमेत जीर्ण हुन थालेका छन् ।
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ
काठमाडौँ, वैशाख १७ । सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न
क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व
काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित