रौतहटका सिडिओ नै गठबन्धनसँग मिलेको एमालेको आरोप, तत्काल निलम्बन गर्न माग

वैशाख २२, काठमाडौं: मतदान केन्द्रदेखि मतगणनास्थल निर्धारणमा समेत गठबन्धनसँग साँठगाँठ गरेको आरोप लगाउँदै रौतहट एमालेले तत्काल प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई निलम्बन गर्न सरकारसँग माग गरेको छ ।

एमाले रौतहट जिल्ला अध्यक्ष त्रिभुवन साहले एक विज्ञप्ति जारी गर्दै सिडिओ निलम्बनको माग गरेका हुन् । गठबन्धनका उम्मेदवारसँग मिलेर चुनावी वातावरण भयवीत बनाएको आरोप लगाउँदै विज्ञप्तिमार्फत अध्यक्ष साहले ‘सिडिओ कांग्रेसको कठपुतली’ भएको भन्दै खेद प्रकट गरेका छन् ।

सिडिओसँगै केही कर्मचारीले गठबन्धनसँग साँठगाँठ गरी वातावरण त्रासद बनाएको भन्दै साहले सरकारसँगै निर्वाचन आयोगसमक्ष निलम्बनको माग गरेका हुन् ।

चुनावी परिणाम गठबन्धनको पक्षमा पार्न सिडिओले अनेक हर्कत गरेको रौतहट एमालेको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री ओलीको भनाइ : ‘विद्या भण्डारीलाई एमालेमा ल्याउने विषयमा पार्टीले निर्णय गर्छ’

साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप

पूर्वराजाका गतिविधिमाथि निगरानी,  सुरक्षाकर्मी कटौती

 चैत १७, काठमाडौँ । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ  सशस्त्र प्रहरी बल (एपिएफ) को

झुटो इतिहासले उब्जेको तनाव

 ८ चैत २०८१, शुक्रबार चियाको कपमा तुफान भन्ने टुक्का त आफैँले पनि कति ठाउँमा प्रयोग