वैशाख २२, काठमाडौं: मतदान केन्द्रदेखि मतगणनास्थल निर्धारणमा समेत गठबन्धनसँग साँठगाँठ गरेको आरोप लगाउँदै रौतहट एमालेले तत्काल प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई निलम्बन गर्न सरकारसँग माग गरेको छ ।
एमाले रौतहट जिल्ला अध्यक्ष त्रिभुवन साहले एक विज्ञप्ति जारी गर्दै सिडिओ निलम्बनको माग गरेका हुन् । गठबन्धनका उम्मेदवारसँग मिलेर चुनावी वातावरण भयवीत बनाएको आरोप लगाउँदै विज्ञप्तिमार्फत अध्यक्ष साहले ‘सिडिओ कांग्रेसको कठपुतली’ भएको भन्दै खेद प्रकट गरेका छन् ।
सिडिओसँगै केही कर्मचारीले गठबन्धनसँग साँठगाँठ गरी वातावरण त्रासद बनाएको भन्दै साहले सरकारसँगै निर्वाचन आयोगसमक्ष निलम्बनको माग गरेका हुन् ।
चुनावी परिणाम गठबन्धनको पक्षमा पार्न सिडिओले अनेक हर्कत गरेको रौतहट एमालेको ठहर छ ।
२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा
काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
असार ९,चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,
भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा