पालिका अध्यक्ष र उपमेयरसहित चार वडाध्यक्ष कांग्रेस एमालेमा प्रवेश

 चैत १४, काठमाडौं: महोत्तरीका विभिन्न स्थानीय तहबाट निर्वाचित प्रमुख, उपप्रमुख र वडाध्यक्षहरू एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर कांग्रेस, माओवादी र लोसपा परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।

सोमबार बिहान बालकोट पुगेका उनीहरूलाई अध्यक्ष ओली खादा लगाएर पार्टीमा स्वागत गरे । प्रवेश गर्नेमा महोत्तरीको साम्सी गाउँपालिकाका अध्यक्ष शेख फारुख समेत छन् । उनी नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित अध्यक्ष हुन् ।

जलेश्वर नगरपालिकाकी उपमेयर मनचुनीदेवी पनि लोसपा परित्याग गरेर एमालेमा प्रवेश गरेकी छन् । सोही कार्यक्रममा रामगोपालपुर नगरपालिकाका कांग्रेसबाट निर्वाचित वडाध्यक्ष उमेश महतो, वडा नम्बर ३ का वडाध्यक्ष जयनारायण मण्डल, वडा नम्बर ८ का वडाध्यक्ष रामविलास मण्डलसमेत कांग्रेस छाडेर एमालेमा प्रवेश गरेका छन् ।

प्रवेश गर्नेमा लोहारपट्टी नगरपालिका वडा नम्बर ८ का कांग्रेसबाट निर्वाचित वडाध्यक्ष रामबाबु यादवसमेत छन् । त्यस्तै लोसपाका महोत्तरी जिल्ला सदस्य विश्वेश्वर महतो, नेकपा एकीकृत समाजवादीका बारा जिल्ला अध्यक्ष राम यादव र रौतहट जिल्ला सदस्य रामविनोद साहसमेत रहेको एमालेले जनाएको छ ।

पार्टी प्रवेश कार्यक्रममा एमाले नेताहरू प्रभु साह, हिक्मत कार्की, सरोज यादवलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री ओलीको भनाइ : ‘विद्या भण्डारीलाई एमालेमा ल्याउने विषयमा पार्टीले निर्णय गर्छ’

साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्