दुई दशक लामो अफगान युद्ध समाप्त

भदाै १५, बीबीसी: संयुक्त राज्य अमेरिकाले अफगानिस्तानबाट झण्डै २० वर्षपछि आफ्नो सम्पूर्ण फौज फिर्ता गरी दुई दशक लामो अफगान युद्ध समाप्त गरेको छ । योसँगै दुई दशकपछि सत्तामा तालिबानको पुनरागमन भएको छ ।
 
यूएस सेन्ट्रल कमान्डका प्रमुख जनरल केनेथ मकेन्जीले अमेरिकाले फिर्ता हुने कार्य पूरा गरेको पुष्टि गरेका छन् । हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम सी सेभेन्टी विमान उडेसँगै २० वर्षदेखिको अफगानिस्तान मिसन समाप्त भएको बताए ।
 
उनका अनुसार दुई दशक लामो अफगानिस्तान बसाइमा अमेरिकाले दुई हजार चारसय  अमेरिकीले ज्यान गुमाएका छन् । गत बिहीबार भएको आत्मघाती विस्फोटमा परी १३ जना अमेरिकी सैनिकको मृत्यु भएको थियो ।
 
तालिबानसँग भएको सहमति अनुसार अगस्ट ३१ को समयसीमाभित्रै अमेरिकी फौज फिर्ता भएको हो । तालिबानले अगस्ट १५ मा अफगानिस्तानको राजधानी काबुल कब्जा गरेको थियो । त्यसयताका दुई हप्तामा अमेरिका र उसका साझेदार राष्ट्रले १ लाख २३ हजार भन्दा बढी सर्वसाधारणको उद्धार गरेका छन् ।
 
अमेरिकी फौज फिर्ता भएसँगै तालिबानले खुसी मनाएका छन् । रात्रीकालीन आकाशमा रातो प्रकाश छरेर र मेसिन गनमार्फत गोली चलाएर उनीहरूले खुसी मनाएका हुन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित