काठमाडौं, भदौ ११: अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती विस्फोटमा परी कम्तीमा १३ सैनिक गुमाएको अमेरिकाले उद्धार कार्य जारी राख्ने वाचा गरेको छ । आक्रमणको केही घण्टापछि बोल्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले यस्तो वाचा गरेका हुन् ।
“हामी आतंकवादीदेखि डराउँदैनौँ, उनीहरूलाई हाम्रो मिसनलाई रोक्न दिँदैनौँ । हामीले उद्धार कार्य जारी राख्नेछौँ,” उनले भने ।
राष्ट्रपति बाइडेनले काबुल विस्फोटका जिम्मेवारलाई नछोड्ने बताउँदै जवाफी कारबाहीको लागि योजना बनाउन अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई निर्देशन दिएका छन् । “हामीले माफी दिने छैनौँ, भुल्ने छैनौ,” उनले आतंकवादीले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
इस्लालिमक स्टेट खोरासान (आईएसआईएस–के) ले आक्रमणको जिम्मेवारी लिएको छ ।
काबुल विमानस्थलमा भएका दुईवटा आत्मघाती विस्फोटमा परी कम्तीमा ६० जनाले ज्यान गुमाएका छन् ।
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
काठमाडौं जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध
क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
क फ्लोरिडा, चैत २० । NASA को ‘आर्टेमिस–२’ मिसनअन्तर्गत चार अन्तरिक्षयात्री शुक्रबार Kennedy Space Center
चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन