काठमाडौं, भदौ ११: अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती विस्फोटमा परी कम्तीमा १३ सैनिक गुमाएको अमेरिकाले उद्धार कार्य जारी राख्ने वाचा गरेको छ । आक्रमणको केही घण्टापछि बोल्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले यस्तो वाचा गरेका हुन् ।
“हामी आतंकवादीदेखि डराउँदैनौँ, उनीहरूलाई हाम्रो मिसनलाई रोक्न दिँदैनौँ । हामीले उद्धार कार्य जारी राख्नेछौँ,” उनले भने ।
राष्ट्रपति बाइडेनले काबुल विस्फोटका जिम्मेवारलाई नछोड्ने बताउँदै जवाफी कारबाहीको लागि योजना बनाउन अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई निर्देशन दिएका छन् । “हामीले माफी दिने छैनौँ, भुल्ने छैनौ,” उनले आतंकवादीले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
इस्लालिमक स्टेट खोरासान (आईएसआईएस–के) ले आक्रमणको जिम्मेवारी लिएको छ ।
काबुल विमानस्थलमा भएका दुईवटा आत्मघाती विस्फोटमा परी कम्तीमा ६० जनाले ज्यान गुमाएका छन् ।
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल
मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने
कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,
बेइजिङ, असोज ८ गते । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले
२१ भदौ २०८०, बिहिबार हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण