विशेष कदम चाल्ने तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं,बैशाख ६, कर्णालीमा उत्पन्न भएको तुफानले राजधानी काठमाडौँमा ठूलो तरंग उत्पन्न भएपछि प्रधानमन्त्री केपी ओलीले आफ्नो वर्तमान राजनीतिक अवधारणामा संशोधन गर्दै वैकल्पिक माध्यमबाट अगाडि बढ्ने सोच बनाउन थालेको उनी निकट नेताहरुले बताउन थालेका छन् । 

राजनीतिक क्षेत्रमा उत्पन्न भएको चुनौतीको सामना गर्दै प्रधानमन्त्री ओली अगाडि बढ्नका लागि तीनवटा विकल्प भएको उल्लेख गरिएको छ । 

पहिलो विकल्प संसदमा ३२ स्थानमा भएको जनता समाजवादी पार्टीसँग सहकार्य बनिराखेको अवस्थालाई झन् मजबुत पार्दै प्रधानमन्त्री ओली जनता समाजवादीकै समर्थनबाट संसदमा स्पष्ट बहुमतको स्थिति देखाएर अगाडि बढ्ने प्रमुख राजनीतिक विकल्प रहेको बताइन्छ ।

समाजवादीसँग मिल्न नसके प्रधानमन्त्री ओलीले अर्को विकल्पको रुपमा अविश्वासको प्रस्तावको सामना गर्ने योजना बनाएको बताइन्छ । प्रधानमन्त्रीले अन्तिम विकल्पको रुपमा संसदबाट अविश्वासको मत लिने निर्णय गर्न सक्ने बताइन्छ ।

यो समाचार आजको साँघु साप्ताहिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय