बालकोट भक्तपुरमा खुल्यो सुविधा सम्पन्न व्यायाम सेण्टर

भक्तपुर, ४ वैशाख – आफ्नो शरीरलाई फुर्तिलो र छरितो बनाउने सबैको इक्षा हुन्छ । शरीरलाई फिट राख्न जिम, एरोबिक्स, जुम्बा र कार्डियो गर्ने ट्रेन्ड अहिले नेपालमा चलेको पनि छ । यी सब कुरालाई मध्ये नजर गर्दै भक्तपुरमा समेत यस्तै शारीरिक कसरत गर्न मिल्ने व्यवस्था फिटनेस फोकस सञ्चालनमा आएको छ ।

सूर्यविनायक नगरपालिका स्थित वडा नं. २ बालकोटका दुई युवाहरू मिलेर अन्तर्राष्ट्रिय स्तरको जिम, एरोबिक्स, जुम्बा र कार्डियो एकै ठाउँमा गर्न मिल्ने फिटनेस फोकस सञ्चालनमा ल्याएका हुन् । बालकोट चोक नजिकै रहेको उक्त व्यायाम केन्द्र ६० लाख रुपैयाँको लागतमा सञ्चालनमा आएको हो । २६ सय वर्ग फिट क्षेत्रफलमा फैलिएको उक्त व्यायाम केन्द्रको संचालकद्वय संगीत श्रेष्ठ र सञ्जय शाक्य रहेका छन् ।

सञ्चालक संगीत श्रेष्ठका अनुसार नेपालमा थुप्रै व्यायाम केन्द्रहरु खुलेपनि आफूहरूले विदेशबाट अन्तर्राष्ट्रिय स्तरको सामाग्रीहरू झिकाई सस्तो र सर्वसुलभ मूल्यमा सेवा दिन चाहेको बताउनुहुन्छ । आफूहरूले ओलम्पिक स्तरको महँगो सामाग्रीहरू ल्याएपनि जनतालाई चलनचल्ती र सुपथ मूल्यमा नै सबै सेवाहरू दिन चाहेको उहाँले बताउनुभयो । फिटनेस फोकसले व्यायामगर्न आउने ग्राहकलाई ट्रेनर समेत उपलब्ध गराउने सञ्चालक श्रेष्ठले बताउनु भएको छ ।

प्रविधिलाई समेत ध्यानमा राख्दै फिटनेस फोकसले आफ्नो ग्राहकका लागि इलेकट्रोनिक कार्ड इन्ट्री सिस्टम राखेको छ । ग्राहकले सदस्यता लिएपछि उक्त केन्द्रले इलेकट्रोनिक कार्ड उपलब्ध गराउने छ ,जसको सहायताले भित्र पस्न आधिकारिकता प्रदान गर्छ । उक्त व्यायाम केन्द्रमा एकै पटक ४० जनाले जिम र २५ जनाले जुम्बा गर्न सक्ने अर्का सञ्चालक सञ्जय शाक्यले बताउनु भयो ।

जिम गर्नेहरूका लागि उक्त केन्द्रले ओलम्पिक स्तरको सामाग्रीका साथै दक्षिण एसियाकै पहिलो ब्याक हाइपर एक्सटेन्सन हाइड्रोलिक सिस्टम समेत भित्र्याएको छ । व्यायामकेन्द्र भित्रै ग्राहकको सुविधालाई मध्यनजर गर्दै चेन्जिंग रुम र वासरुमको समेत प्रबन्ध गरिएको शाक्यले बताउनुभयो ।

नयाँ वर्षको अवसर पारेर सञ्चालनमा आएको व्यायाम केन्द्रले अहिले १० प्रतिशत छुटको व्यवस्था गरेको छ भने व्यायाम केन्द्र बिहान ५ बजे देखि ८:३० सम्म र साँझमा ५ बजे देखि ८:३० सम्म खुल्ला रहने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

मिसइन्फर्मेसन र डिसइन्फर्मेसनले सामाजिक सद्भाव खल्बल्याउँदैछः आइजीपी कार्की

काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा