उखु किसानले समयमा भुक्तानी नपाउने समस्याले चिनी उत्पादन घट्यो

चैत २५, काठमाडौं: चालू आर्थिक वर्षमा नेपालमा करीब १ लाख मेट्रिकटन चिनी उत्पादन भएको अनुमान गरिएको छ । यस वर्षका लागि उखु क्रशिङ गर्ने काम १ साताअघि सकिएको थियो ।

क्रशिङको काम सकिएसँगै चिनी उत्पादक संघले करीब १ लाख मेट्रिक टन चिनी उत्पादन भएको अनुमान गरिएको बताएको छ ।

चिनी उद्योगीहरूबाट संघले प्राप्त गरेको तथ्यांकअनुसार हाल सम्म ७२ हजार मेट्रिक टन उत्पादन भएको छ भने तीनओटा उद्योगको तथ्यांक आउन बाँकी छ । ‘तथ्यांक आउन बाँकी रहेको उद्योगको उत्पादन समेत जोड्ने हो भने करीब १ लाख मेट्रिक टनसम्म पुग्ने अनुमान छ,’ संघका अध्यक्ष शशिकान्त अग्रवालले भने ।

विगत वर्षको तुलनामा यस वर्ष उपादन केही घटेको संघले बताएको छ । संघका अनुसार गतवर्ष १ लाख ३० हजार मेट्रिक टन चिनी उत्पादन भएको थियो । उखु किसानले समयमा भुक्तानी नपाउने समस्याले यस वर्ष धेरै किसानले उखु रोप्ने जमीनमा धान, गहुँखेती गरेकाले उखु उत्पादनमा नकारात्मक असर परेको हो ।

उत्पादन घट्नुमा यति मात्र कारण नरहेको संघका अध्यक्ष अग्रवाल बताउँछन् । उखु उत्पादनको चक्रअनुसार हरेक ३ वर्षको अन्तरालमा उत्पादन घट्ने उनको भनाइ छ ।

उही क्षेत्रफलमा त्यति नै मात्रामा मल, बीउ राखेर खेती गर्दा पनि उत्पादन पहिलो वर्षको तुलनामा दोस्रो वर्ष २० देखि २५ प्रतिशतसम्म घट्ने उनले बताए । उखु उत्पादन घट्ने वर्ष परेकाले त्यसको असर चिनीको उत्पादनमा पनि परेको उनको भनाइ छ ।

अग्रवालका अनुसार १० वर्ष अघिसम्म नेपालमा २ लाख ६० हजार मेट्रिक टनसम्म चिनी उत्पादन हुने गर्दथ्यो । अहिले उखु किसानले समयमा भुक्तानी नपाउने, तस्करीको चिनी भित्रिनेलगायत समस्याले आन्तरिक उत्पादन प्रभावित भएको बताइएको छ । आजको आर्थिक अभियान दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय

लाइसेन्स छपाइ तीव्र, दैनिक ४० हजारसम्म उत्पादन

  चैत २७,काठमाडौँ।  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स