ओलीको कारबाहीको निशानामा को को?

काठमाडौं, २० चैत्र । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आक्रामक रुपमा प्रस्तुत भइरहेका छन् । उनले पार्टीभित्र धमाधम कारबाही गरिरहेका छन् ।

नेकपा महासचिव भइसकेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ओलीले पार्टीबाट ६ महिनाका लागि निलम्बन गरिसकेका छन् । अब नेपाललाई सांसद पदबाटै हटाउने तयारी गरेका छन् । ओलीका विश्वासपात्र खगराज अधिकारीले यसको खुलासा गरेका हुन् । नेपालले ओलीको निर्णय अवैधानिक भन्दै समानान्तर कमिटी गठन गरेका छन् ।

नेपाल समूहका प्रभावशाली नेता भीम रावल पनि निलम्बनमा पर्नेमा छन् । उनलाई फेरि सांसद पदबाटै हटाउने तयारी भएको छ ।

ओलीले सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि पार्टीबाट निलम्बन गरे । दुवैलाई सांसद पदबाट हटाउने तयारी भएको छ ।

यसैगरी, एमालेको नवौं महाधिवेशनबाट निर्वाचित सचिव योगेश भट्टराई र गोकर्ण बिष्ट पनि कारबाही गरिने सूचीमा परेका छन् । उनीहरुमाथि छिट्टै कारबाहीको जानकारी आउने बुझिएको छ ।

कारबाहीको सूचीमा भीम आचार्य, वेदुराम भुसाल, रघुजी पन्त, सोमप्रसाद पाण्डे, विजय पौडेल, रामकुमारी झाँक्रीलगायत पनि छन् । उनीहरु नेपाल समूहमा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ,  र्वैशाख ८ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न

सम्पत्ति विवरणबारे गृहमन्त्री गुरुङको स्पष्टोक्ति

काठमाडौँ, वैशाख ७ गते । गृहमन्त्री सुधन गुरुङले रु २५ लाखको सेयरका विषयबारे आफ्नो सम्पत्ति विवरणमै