ओलीको कारबाहीको निशानामा को को?

काठमाडौं, २० चैत्र । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आक्रामक रुपमा प्रस्तुत भइरहेका छन् । उनले पार्टीभित्र धमाधम कारबाही गरिरहेका छन् ।

नेकपा महासचिव भइसकेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ओलीले पार्टीबाट ६ महिनाका लागि निलम्बन गरिसकेका छन् । अब नेपाललाई सांसद पदबाटै हटाउने तयारी गरेका छन् । ओलीका विश्वासपात्र खगराज अधिकारीले यसको खुलासा गरेका हुन् । नेपालले ओलीको निर्णय अवैधानिक भन्दै समानान्तर कमिटी गठन गरेका छन् ।

नेपाल समूहका प्रभावशाली नेता भीम रावल पनि निलम्बनमा पर्नेमा छन् । उनलाई फेरि सांसद पदबाटै हटाउने तयारी भएको छ ।

ओलीले सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि पार्टीबाट निलम्बन गरे । दुवैलाई सांसद पदबाट हटाउने तयारी भएको छ ।

यसैगरी, एमालेको नवौं महाधिवेशनबाट निर्वाचित सचिव योगेश भट्टराई र गोकर्ण बिष्ट पनि कारबाही गरिने सूचीमा परेका छन् । उनीहरुमाथि छिट्टै कारबाहीको जानकारी आउने बुझिएको छ ।

कारबाहीको सूचीमा भीम आचार्य, वेदुराम भुसाल, रघुजी पन्त, सोमप्रसाद पाण्डे, विजय पौडेल, रामकुमारी झाँक्रीलगायत पनि छन् । उनीहरु नेपाल समूहमा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप

पूर्वराजाका गतिविधिमाथि निगरानी,  सुरक्षाकर्मी कटौती

 चैत १७, काठमाडौँ । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ  सशस्त्र प्रहरी बल (एपिएफ) को

झुटो इतिहासले उब्जेको तनाव

 ८ चैत २०८१, शुक्रबार चियाको कपमा तुफान भन्ने टुक्का त आफैँले पनि कति ठाउँमा प्रयोग