नेपाल र रावललाई ६ महिना निलम्बन : सूर्य थापा

शनिबार सञ्जालमा लामो वक्तव्यमार्फत थापाले पार्टी सबल र अनुशासित पार्टी बनाउन उनीहरूलाई निलम्बन गर्नुपर्ने बताएका हुन् । दुई नेताको स्पष्टीकरण नकारात्मक कोणबाट आएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले कारवाहीको भागिदार हुने बताइसकेका छन् ।

थापाले प्रचण्डसँगको अघोषित कार्यगत एकता, हरेक दिनजस्तो भेटघाट र साँठगाँठ किन चलिरहेको भन्दै माधव नेपालमाथि प्रश्न समेत गरेका छन् । हिजो पार्टी अध्यक्ष सहित अन्य नेताहरुमाथि कारबाही गर्दा ताली बजाउनेहरु आज एकताको पक्षधर बनेर प्रस्तुत भएको टिप्पणी समेत उनले गरेका छन् ।

साबिक नेकपामा प्रचण्ड-माधव पक्षले अध्यक्ष ओलीसहित महासचिव विष्णु पौडेल, सुवास नेम्वाङ,विशाल भट्टराई,प्रभु साह,महेश बस्नेत,सूर्य थापा,शान्ता चौधरी,कर्णवहादुर थापा लगायतलाई कारवाही गरेको थियो ।

थापाले प्रचण्ड माधव पक्षका नेताहरूलाई व्यंग्य गर्दै लेखेका छन्, ‘ पार्टी अध्यक्ष र प्रधानमन्त्रीसहित हामी एक दर्जनमाथि कारबाहीको घोषणा गर्ने, समर्थनमा थपडी बजाउने र पार्टी कब्जा गर्ने नियतमा समवेत् स्वरमा स्वर मिलाउन तछाडमछाड गर्ने भ्रममा बाँच्न अभिशप्त दुःखी आत्माहरूलाई पो आज पार्टी एकता चाहिएको रहेछ ! प्रचण्ड र माधव नेपालका इमान्दार नोकर बनेर पुस ५ गतेयता फागुन २३ गतेसम्म तिनीहरूले बास्तवमा केचाहिँ गर्न बाँकी राखे ?’

प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउनदेखि अन्य नेताहरूलाई निलम्बन गर्ने लगायतका निर्णय गर्न खोज्नेहरू नै अबको जनकारबाहीमा पर्ने थापाको भनाइ छ ।

थापाले पार्टी अध्यक्षबाट केपी शर्मा ओली र अरू एक दर्जन नेताहरूलाई यसरी पटकपटक निस्काशन र निलम्बनको घोषणा गरी हुर्मत लिने, अपमान गर्ने र तेजोबध गर्ने कार्य माधव नेपालको व्यक्तिगत रिसइबी र कुण्ठाग्रस्त मानसिकताको परिणाम थियो भनेका छन् ।

उनले भनेका छन्, ‘श्री माधवजीको पूर्वाग्रह, पक्षपात, व्यक्तिगत रिसइबीको कारण र कुण्ठाग्रस्त मानसिकताको परिणाम हो । माओवादी पृष्ठभूमिका प्रभु साहलाई निलम्बनको घोषणा गर्न पनि प्रचण्डको जोड नभएर श्री नेपालजीको द्वेष नै कारक थियो र छ । समयले अब यस्ता कथित निर्णय गर्नेहरू सायद जनकारबाहीमा पर्ने निश्चित भएको छ ।’

थापाले निशर्त एमालेमा बस्ने बाहेक फागुन २८ गते र त्यसयता भएका निर्णयहरू तथा केपी शर्मा ओलीको मियोमा आबद्ध भएर अघि बढ्न तयार भई आए पो सबैलाई स्वागत गर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘कमसेकम माधवकुमार नेपाल र भीमबहादुर रावल पिएचडीलाई छ/छ महिना पार्टी केन्द्रीय कमिटीको सदस्यबाट निलम्बन गरी देशव्यापी महान शुद्धीकरण अभियान अघि बढाउनुको कुनै अर्काे विकल्प छैन !’

थापाले अझै पनि ओलीलाई अर्घेलो देखाउन खोज्ने,केन्द्रीय कमिटीका निर्णयप्रति अनुचित टिप्पणी गर्ने,प्रधानमन्त्रीले राजिनामा दिए हाइसञ्चो हुन्थ्यो जस्तो गर्ने र समानान्तर गतिबिधि तथा गुटगत बार्गेनिङ गर्ने कार्यहरू अब किमार्थ मान्य र स्वीकाय हुन नसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले