मेलम्चीको पानी वितरण गर्न २० अर्बको संरचना तयार

काठमाडौं, फागुन ९: मेलम्ची खानेपानी आयोजनाको पानी उपत्यकाका उपभोक्ताकहाँ पुर्याउन आवश्यक पर्ने सबै संरचना तयार भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले मेलम्चीको पानी सुन्दरीजलमा खसालेसँगै उपत्यकाबासीको घरमा पुर्याउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

निर्देशनालयले मेलम्ची पानी वितरण गर्न ७६ किलोमिटरको थोक वितरण लाइन र ११ सय २२ किलोमिटर वितरण सञ्जाल तयार गरेको छ । साढे ७४ हजार घनमिटर क्षमतामा १० वटा ट्यांकीसमेत तयारी अवस्थामा छन् ।

पहिलो चरणमा ११ सय ३२ वितरण सञ्जालमध्ये अहिलेसम्म ११ सय २२ किलोमिटरभन्दा धेरै तयार भइसकेको छ । बाँकी १० किलोमिटर निर्माण भइरहेको छ । ललितपुरमा १० किलोमिटर जतिको काम जारी छ । आयोजनाले यो साता अस्थायी ड्याममार्फत सुरुङमा पानी छिराएर परीक्षण गर्ने तयारी गरेको छ ।

एसियाली विकास बैंकको सहुलियत ऋणमा पानी ट्यांकी तथा थोक र वितरण पाइप लाइन बिछ्याउन करिब २० अर्ब रुपैयाँ खर्च भइसकेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय