सैनिक ‘कू’को विरोधमा हजारौँ मानिस सडकमा

माघ २५, काठमाडौँ : गत सोमवार म्यान्मारमा भएको सैन्य कूपश्चात् लगातार दोस्रो दिन हजारौँ मानिसहरू विरोध प्रदर्शनका निम्ति सडकमा उत्रिएका छन् । मुख्य शहर याङ्गोनमा प्रदर्शनकारीहरूले सैन्य तानाशाहको विरोधमा अनि प्रजातन्त्रको पक्षमा नाराबाजी गरेका छन् ।

प्रदर्शनमा सहभागी कतिपय मानिसहरूले नेतृ आङ्ग सान सू चीको नेशनल लिग फर डिमोक्रेसी दलको रातो झन्डा तथा बेलुनहरू बोकेका थिए । सोमवार सैन्य नेतृत्वले सत्ता कब्जा गरे लगत्तैदेखि नेतृ सू चीको अवस्था अज्ञात छ ।

शहरको अवस्था के छ?
दङ्गा नियन्त्रणका लागि आवश्यक बन्दोबस्तीका साथ उत्रिएका प्रहरीहरूले शहरको केन्द्र भागमा जाने बाटाहरू छेकेका छन् । एउटा पर्यवेक्षक समूह नेटब्लक्सक इन्टरनेट अब्जरभेटरीका अनुसार म्यान्मारमा अहिल इन्टरनेट लगभग पूर्ण अवरुद्ध पारिएको छ ।

सामान्य समयको तुलनामा त्यहाँ कनेक्टीभिटी केवल १६ प्रतिशतमा झारिएको उसले जनाएको छ । मानिसहरूलाई विरोध प्रदर्शनमा भेला हुनबाट रोक्न सेनाले ट्विटर तथा इन्स्टाग्राममा पहिले पहुँच रोकिदिएको थियो । फेसबुक त झन् एक दिन अगाडिदेखि नै बन्द गराइएको थियो ।

इन्टरनेट बन्द
कैयन् प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा लगाइएका प्रतिबन्धबाट उम्कन भर्चुअल प्राइभेट नेटवर्क भीपीएनको उपयोग गरेका थिए । तर इन्टरनेटमा आमनिषेध गरिएपछि भीपीएनको प्रयोग समेत निकै प्रभावित भएको छ ।

नागरिक समाजका सङ्गठनहरूले इन्टरनेट सेवा प्रदायक तथा मोबाइल नेटवर्कहरूलाई इन्टरनेट बन्द गराउने आदेशलाई चुनौती दिन आह्वान गरिरहेको रोयटर्स समाचार एजेन्सीले जनाएको छ ।

मानव अधिकार समूह एमनेस्टी इन्टरनेशनलले इन्टरनेट बन्द गराउने कार्यलाई ‘कठोर अनि लापरबाहीपूर्ण’ भन्दै त्यसले म्यान्मारका मानिसहरूलाई मानव अधिकार हनन् हुने जोखिममा पार्ने चेतावनी दिएको छ ।

सेनाको प्रतिक्रिया के छ ?
सेनाले कुनै प्रतिक्रिया दिएको छैन । शनिवार बिहानैदेखि कारखानाका मजदुर एवम् विद्यार्थी सहितका प्रदर्शनकारीहरूले सेनाले हिरासतमा राखेका सू चीलगायत अन्यलाई रिहा गर्न माग गरेका थिए ।

याङ्गोन शहरमा उनीहरूले प्रदर्शन गरिरहँदा नगर बसहरूले हर्न बजाएर समर्थन जनाएका थिए । सडकमा रहेका अन्य मानिसहरूले पनि प्रदर्शनकारीहरूप्रति समर्थन जनाएका थिए भने मानिसहरूले आफ्नो घरघरमा ताली बजाएर तथा भाँडा ठटाएका थिए ।

कतिपय घरहरूमा सू चीको दलको समर्थनमा रातो स्टिकर टाँसेको देखिएको बीबीसी बर्मिजका सम्पादक सो विन थानले जनाएका छन् । बीबीसी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

चन्द्रतर्फ आर्टेमिस–२ उडान

क फ्लोरिडा, चैत २० । NASA को ‘आर्टेमिस–२’ मिसनअन्तर्गत चार अन्तरिक्षयात्री शुक्रबार Kennedy Space Center

राष्ट्रिय परिचयपत्रलाई अनिवार्य एकल परिचय बनाउने सरकारको निर्णय, नागरिकता र राहदानी सेवा जुनसुकै जिल्लाबाट पाइने

 चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन