बाँझो र खाली जग्गा अब भूमि बैंकमार्फत उपयोग गरिने

काठमाडौं ,पुस ४,sharethis sharing buttonकाठमाडौं । बाँझो र खाली जग्गा अब भूमि बैंकमार्फत उपयोग गरिने भएको छ। भूमि व्यवस्थापनको नयाँ अभ्यासअनुरूप यो अवधारणा मन्त्रिपरिषद्बाट पारित गरी कार्यान्वयन गर्न लागिएको हो। देशभरका स्थानीय तहभित्र बाँझो र खाली जग्गा नराख्ने उद्देश्यसाथ भूमि बैंकको व्यवस्था गर्न लागिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ। चालु वर्षको बजेटमा भूमि बैंक स्थापना र सञ्चालनको व्यवस्था गरिएको थियो।

संघ, प्रदेश, स्थानीय तहको सहलगानीमा चालु वर्ष ३ सय स्थानीय तहमा भूमि बैंक एकाइ स्थापना गरिने भएको छ। बाँझो जमिन धेरै भएका स्थानीय तहबाट काम थालेर अन्यत्र विस्तार गरिने मन्त्रालयका अधिकारी बताउँछन्। भूमि बैंकमा सेयर लगानी गर्न ५० करोड व्यवस्था गरिने भएको छ।

मन्त्रालयले भूमि बैंक स्थापना र सञ्चालन गर्न इच्छुक स्थानीय तहलाई प्रस्ताव पठाउन आह्वान गरिसकेको छ। मन्त्रालयका प्रवक्ता एवं सहसचिव जनकराज जोशीले भूमि बैंक स्थापना र सञ्चालनको प्रक्रिया थालिएको जानकारी दिए। जोशीका अनुसार स्थानीय तहभित्र व्यक्तिगत, सरकारी, ऐलानी, पर्ती, नदी उकास, आवादलगायत जग्गा पर्याप्त मात्रामा उपयोगविहीन, आंशिक उपयोग वा बाँझो अवस्थामा छ।

जमिन बाँझो रहन नदिने, बाँझोलाई उत्पादनमा लगाउने लक्ष्यसाथ भूमि बैंकको अवधारणा ल्याइएको हो। उपयोगमा नरहेको जग्गा न्यून आय भएका गरिब, किसान तथा सीमान्तकृत परिवारलाई निश्चित सर्त र सुविधासहित उपयोग गर्न दिने, त्यस्ता परिवारको आयआर्जन तथा जीवनस्तर गुणात्मक सुधार गर्ने उद्देश्य छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी