३९ लाख विद्यार्थीलाई प्याकेजसहित निःशुल्क सिम

काठमाडौं, पुस २ः देशभरका ३९ लाख विद्यार्थीलाई वैकल्पिक सिकाइसँग जोड्न डाटा, एसएमएस सुविधा र अनलिमिटेड कुरा गर्न निःशुल्क सिम उपलब्ध गराउने भएको छ ।

सामुदायिक विद्यालयमा अध्ययरत कक्षा १ देखि १० सम्म विद्यार्थीको पढाइलाई निरन्तरता दिन निःशुल्क सिमसहित कक्षा सञ्चालन गर्न लागेको हो । मोबाइलबाट कक्षा शुरु गर्न सरकारले २ अर्ब रुपियाँ उपलब्ध गराएको छ ।

यो रकम ३ महिनाका लागि विनियोजन गरेको हो । सिम खरिद गर्न सबै विद्यार्थीलाई स्थानीय तहमार्फत विद्यालयमा रकम उपलब्ध गराइनेछ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी नयाँ प्रविधिसँग जोडेर कक्षा शुरु गर्न लागेको हो ।

निःशुल्क सिम लिएपछि क्लोज युजर ग्रुप (सीयूजी) गठन गरी गरी विद्यालयमा अनलाइनबाट पढाउने व्यवस्था हुनेछ।–शिक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले भने । सबै विद्यार्थीलाई निःशुल्क सिम दिेने र पढाउने विषयमा मन्त्रालयले कार्यविधि स्वीकृत गरेको छ ।

मन्त्रालयले बुधबार ‘विद्यालय सञ्चार सञ्जालीकरण कार्यविधि–२०७७’ स्वीकृत गरेको हो । सो कार्यविधि सबै विद्यार्थीले प्याकेजसहितको निःशुल्क सिमकार्ड पाउनेछन्, शिक्षा विकास तथा मानव स्रोत केन्द्रले एकाघरका दुई जना छोराछोरी भए एक जनालाई मात्र सिम दिने व्यवस्था कार्यविधिमा छ ।

मन्त्रालयका प्रवक्ता शर्माका अनुसार देशभर करिब ७२ लाख विद्यार्थी अध्ययन गर्ने भए पनि नेटवर्क नभएका जिल्लाका विद्यार्थी, बालविकास समूहका र ११ र १२ का विद्यार्थीबाहेक करिब ३९ लाख विद्यार्थीले त्यो सुविधा पाउनेछन् ।

शिक्षा विकास तथा मानव स्रोत केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले टेलिभिजन र अन्य माध्यबाट टाढा रहेका विद्यार्थीलाई मोबाइलको डाटा प्रयोग गरी पढ्न नयाँ व्यवस्था गरिएको जानकारी दिए । सिम पाएपछि विद्यार्थीले अब शिक्षकसँग जोडिएर निःशुल्क डाटा प्रयोग गरेर पढ्नुपर्नेछ ।

निःशुल्क सिम र डाटा लिएपछि केन्द्रको एप्स र ई–लर्निङ पोर्टलसँग जोडिने व्यवस्था छ । कोभिड–१९ संक्रमणबाट थला परेको पढाइलाई सूचना प्रविधिसँग जोडेर वैकल्पिक माध्यमबाट पढाउन यो व्यवस्था गरिएको हो ।

निःशुल्क सिम उपलब्ध गराउन अर्थ मन्त्रालयबाट बजेट विनियोजन भइसकेको जानकारी गराउँदै केन्द्रका महानिर्देशक अर्यालले पहिलो चरणमा तीन महिनासंम्म कक्षा सञ्चालन गर्न समस्या नहुने बताए । यो कार्यक्रमका लागि मन्त्रालयले चालू शैक्षिकसत्रमा करिब ३ अर्ब बजेट खर्च हुने अनुमान गरेको छ । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा

ओली सरकारले ‘अध्यादेश’मार्फत गरेका १२ संवैधानिक निकायका ५२ नियुक्तिहरु यी हुन्

बुधबार, जेठ २८ काठमाडौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ४ वर्ष अघि संवैधानिक

बजेटप्रति निजी क्षेत्र सकारात्मक

 जेठ १६ काठमाडौँ,  । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

जेठ ११,रसुवा ।   पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।

समावेशी विकासका आयाम

विकास हरेक क्षेत्रका लागि अत्यावश्यक, गतिशील सामयिक परिवर्तनको प्रतिविम्ब हो । यो एउटा यस्तो सकारात्मक

न्यायको कठघरामा न्यायिक समिति

वसन्त आचार्य  २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि