वर्षौंदेखि आफूलाई डाक्टर बताउँदै आएका डाक्टर नक्कली

काठमाडौं ,मंसिर १५, २०७७ चिकित्सा शिक्षा नपढेका व्यक्तिले आफूलाई डाक्टर भनेर वर्षौंदेखि बिरामीको उपचार गर्दै आएको घटना सार्वजनिक भएको छ । लहानको अस्पताल चोकस्थित सञ्जीव मेडिकल हलका सञ्चालक हरिनारायण चौधरीले वर्षौंदेखि आफूलाई डाक्टर बताउँदै बिरामीलाई ढाँटेर गलत तरिकाले उपचार गर्दै आएको औषधि व्यवस्था विभागको अनुगमन टोलीले फेला पारेको छ ।

विभागको विराटनगर टोलीले गरेको अनुगमनका क्रममा हरिनारायणले आफ्नो नामका अगाडि डाक्टर लेखेर बिरामीको गलत तरिकाले उपचार गरेको प्रेस्क्रिप्सन फेला पारेको छ । बिरामीलाई ढाँटेर गलत उपचार गरेको पाइएपछि उक्त मेडिकल हल बन्द गराई उनीमाथि कारबाही प्रक्रिया अगाडि बढाएको विभागका विराटनगर प्रमुख सञ्जीव कट्टेलले जानकारी दिए । उनका अनुसार फार्मेसी (मेडिकल हल) बाहेकलाई कारबाही गर्ने कानुनी अधिकार विभागसँग छैन । ‘चिकित्सा शिक्षा नै नपढी बिरामीको उपचार गर्ने व्यक्तिका हकमा प्रहरी प्रशासन र स्वास्थ्य कार्यालयले मात्र कारबाही गर्ने अधिकार राख्छ,’ कट्टेलले भने, ‘हामीले तत्काल लहान प्रहरी र प्रशासनलाई कैफियतसहित जानकारी गराएका छौं ।’

इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरत थापाले भने गैरकानुनी ढंगले उपचार गर्ने व्यक्तिलाई प्रहरी प्रशासनले कारबाही गर्न नमिल्ने बताए ।  

‘यो त जिल्ला स्वास्थ्य कार्यालयले हेर्ने विषय हो,’ उनले भने । विभागका प्रमुख कट्टेलका अनुसार आफूलाई डाक्टर भनेर चौधरीले बिरामीलाई उपचारका नाममा जथाभावी औषधि चलाउने गरेको पाइएको छ । चिकित्सा विषय नै नपढेका चौधरीले वर्षौंदेखि लहानको केन्द्रबिन्दुमा आफूलाई चिकित्सक भन्दै बिरामीलाई उपचार गरिरहँदा पनि प्रशासन मौन देखिनु विडम्बना भएको स्थानीय अजय यादवले बताए । ‘चौधरीले लुकेर बिरामीको उपचार गरिरहेको भए पो,’ उनले भने, ‘डाक्टर भनेर लेटर प्याड नै छपाइएको छ । उनी त्यसैमा बिरामीलाई औषधिका नाम लेखिदिन्छन् ।’  

यादवका अनुसार सामान्य बिरामी हुँदा मानिस मेडिकल हल जान्थे । त्यहाँ चौधरीले जथाभावी औषधि चलाउँथे । त्यस्तो अवस्थामा तत्काल बिरामी निको भएको देखिए पनि दीर्घकालीन रूपमा भने स्वास्थ्यमा असर पर्ने देखिन्छ । यो समाचार आजको नागरिक दैनिकमा मिथिलेश यादवले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय