वर्षौंदेखि आफूलाई डाक्टर बताउँदै आएका डाक्टर नक्कली

काठमाडौं ,मंसिर १५, २०७७ चिकित्सा शिक्षा नपढेका व्यक्तिले आफूलाई डाक्टर भनेर वर्षौंदेखि बिरामीको उपचार गर्दै आएको घटना सार्वजनिक भएको छ । लहानको अस्पताल चोकस्थित सञ्जीव मेडिकल हलका सञ्चालक हरिनारायण चौधरीले वर्षौंदेखि आफूलाई डाक्टर बताउँदै बिरामीलाई ढाँटेर गलत तरिकाले उपचार गर्दै आएको औषधि व्यवस्था विभागको अनुगमन टोलीले फेला पारेको छ ।

विभागको विराटनगर टोलीले गरेको अनुगमनका क्रममा हरिनारायणले आफ्नो नामका अगाडि डाक्टर लेखेर बिरामीको गलत तरिकाले उपचार गरेको प्रेस्क्रिप्सन फेला पारेको छ । बिरामीलाई ढाँटेर गलत उपचार गरेको पाइएपछि उक्त मेडिकल हल बन्द गराई उनीमाथि कारबाही प्रक्रिया अगाडि बढाएको विभागका विराटनगर प्रमुख सञ्जीव कट्टेलले जानकारी दिए । उनका अनुसार फार्मेसी (मेडिकल हल) बाहेकलाई कारबाही गर्ने कानुनी अधिकार विभागसँग छैन । ‘चिकित्सा शिक्षा नै नपढी बिरामीको उपचार गर्ने व्यक्तिका हकमा प्रहरी प्रशासन र स्वास्थ्य कार्यालयले मात्र कारबाही गर्ने अधिकार राख्छ,’ कट्टेलले भने, ‘हामीले तत्काल लहान प्रहरी र प्रशासनलाई कैफियतसहित जानकारी गराएका छौं ।’

इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरत थापाले भने गैरकानुनी ढंगले उपचार गर्ने व्यक्तिलाई प्रहरी प्रशासनले कारबाही गर्न नमिल्ने बताए ।  

‘यो त जिल्ला स्वास्थ्य कार्यालयले हेर्ने विषय हो,’ उनले भने । विभागका प्रमुख कट्टेलका अनुसार आफूलाई डाक्टर भनेर चौधरीले बिरामीलाई उपचारका नाममा जथाभावी औषधि चलाउने गरेको पाइएको छ । चिकित्सा विषय नै नपढेका चौधरीले वर्षौंदेखि लहानको केन्द्रबिन्दुमा आफूलाई चिकित्सक भन्दै बिरामीलाई उपचार गरिरहँदा पनि प्रशासन मौन देखिनु विडम्बना भएको स्थानीय अजय यादवले बताए । ‘चौधरीले लुकेर बिरामीको उपचार गरिरहेको भए पो,’ उनले भने, ‘डाक्टर भनेर लेटर प्याड नै छपाइएको छ । उनी त्यसैमा बिरामीलाई औषधिका नाम लेखिदिन्छन् ।’  

यादवका अनुसार सामान्य बिरामी हुँदा मानिस मेडिकल हल जान्थे । त्यहाँ चौधरीले जथाभावी औषधि चलाउँथे । त्यस्तो अवस्थामा तत्काल बिरामी निको भएको देखिए पनि दीर्घकालीन रूपमा भने स्वास्थ्यमा असर पर्ने देखिन्छ । यो समाचार आजको नागरिक दैनिकमा मिथिलेश यादवले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दरबन्दीभन्दा  बढी कर्मचारी नराख्न गृह र संघीय मामिलालाई प्रधानमन्त्री कार्यालयको पत्र

जेठ २६,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जेठ २२, काठमाडाैँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३

प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत

फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।

पोखरा महानगरको ‘भ्रष्टाचार’ : सवा अर्बको लगानी, बालुवामा पानी !

काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित

प्रधानमन्त्रीबाट सिद्धबाबा सुरुङमार्गको भर्चुअलरूपमा ब्रेक थ्रु

प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी