तपाईंलाई जे मन लाग्छ त्यहि गर्नुस्:प्रचण्ड

काठमाडौं,कात्तिक ५, गत बुधबार साँझ प्रधानमन्त्रीले एकाएक तीन जना नयाँ मन्त्री थपेपछि अर्का अध्यक्षले निकटस्थहरूलाई दिएको प्रतिक्रिया यस्तो थियो– ‘भन्ने एकथरि, गर्ने अर्कोथरि मात्र होइन, मनपरी ।’ लामो समयदेखि मन्त्रिमण्डल पुनर्गठनको रस्साकस्सीमा प्रधानमन्त्री केपी शर्मा ओलीले हाललाई तीन रिक्त पद मात्र पूर्ति गर्ने मुडमा आफू रहेको बताउँदै आउनुभएको थियो । तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने तीन वटा विकल्प दिएर पुनर्गठन नै गर्नुपर्नेमा जोड दिनु भएपनि उनीटसमस नभएको पछिल्लो पुनर्गठनले देखाएको छ । उपेन्द्र यादवको पार्टीले सम्हाल्दै आएका स्वास्थ्य र शहरी बिकास पनि उसको सत्ता बहिर्गमनसङ्गै एमालेको भागमा गएको अर्थ लगाइएको छ । रिक्त ती मन्त्रालयमा यसअघि पूर्व एमाले कोटाका मन्त्रीहरू रहेको, त्यसमा पूर्व एमाओवादीले ढिम्किन नपाउने र पार्टी एकता नहुँदैको जस्तो तेरो र मेरोको कित्ताकाट झल्किरहने प्रधानमन्त्रीको आशय बुझेसङ्गै प्रचण्डले केही दिनअघि रिसाएर ‘त्यसोभए तपाईंलाई जे मन लाग्छ त्यहि गर्नुुस्’ भनेपछि तीन जना सदस्य थप्ने बाटो खुलेको प्रधानमन्त्रीनिकट समूहले बताएको छ ।
तर, पार्टीभित्र लामो समयदेखि कायम अविश्वासको वातावरणलाई चिर्न पूर्व एमालेबाटै तीन वटा मन्त्रालयमा मन्त्री नियुक्त गर्नुअघि प्रधानमन्त्रीले कम्तिमा एमालेकै आफ्ना अग्रज पूर्व अध्यक्ष र महासचिव माधव नेपाल तथा झलनाथ खनालसँग सल्लाह या जानकारी शेयर गरेको भए परिस्थिति थप जटिल नबन्ने एकथरिको बुझाइ छ । एमालेकै भागका मन्त्रालयमा मान्छे भरिए पनि एमाले भनेको एक ब्यक्ति त हैन । तर, पूर्व माओवादी र पूर्व एमाले दुबैतर्फ आफ्ना आलोचकलाई एकै ठाउँमा राखेर पेल्ने मनस्थिति बनाएपछि मन्त्रिपरिषदको पछिल्लो हेरफेर र नयाँ नियुक्तिले पार्टीमा ऊर्जाभन्दा समस्या थपिदिएको छ । भलै अर्थमन्त्री नियुक्त महासचिव विष्णु पौडेलको हकमा दाहालले पहिले नै समर्थन जनाएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।