दशैँ पहिले नै अवरुद्ध सडकहरू खुलाउने मन्त्रालयकाे तयारी

 

काठमाडाैं, असाेज १७ः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वर्षाका कारण अवरुद्ध सडक बडादशैँ पहिले खुलाउने तयारी गरेको छ । खुल्न बाँकी दुई सडक केही समयभित्रै खुल्ने जनाइएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आज प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको भर्चुअल बैठकमा वर्षाका कारण अवरुद्ध सडक अधिकांश खुलिसकेको बताए । उनका अनुसार यस वर्ष वर्षाका कारण झण्डै २५० स्थानमा सडक अवरुद्ध भए पनि सडक विभागले उपलब्ध जनशक्ति र उपकरणबाट सकेसम्म चाँडो सडक खुलाएको छ । उनले भने, वर्षा शुरु हुनुभन्दा पहिले नै हामीले डिभिजनहरुलाई तयारी अवस्थामा राखेका थियौँ ।

दशैँतिहारलगायत चाडपर्वका समयमा घर फर्किन चाहने यात्रुलाई स्वास्थ्य सावधानी अपनाएर जाने व्यवस्था मिलाइएको मन्त्री नेम्वाङले बताए । उनका अनुसार कोभिडको जोखिम हुँदाहुँदै अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बाध्यता रहेकाले मध्यम र लामो दूरीको सवारी साधन खोल्ने निर्णय गरिएको हो । उनले भने, लामो समयसम्म सवारी साधन अवरुद्ध हुँदा एकातिर व्यवसायी मारमा थिए भने मजदूरले पनि रोजगारी गुमाएका थिए ।

भौतिक पूर्वाधार सचिव देवेन्द्र कार्कीले सडक विभागले बाढीपहिराबाट अवरुद्ध कतिपय सडक एकातर्फी रुपमा भए पनि सञ्चालन गरिएको बताए । दशैँभन्दा पहिले १५ दिनभित्र वर्षाका कारण बिग्रिएका सडकको मर्मत गरिने उनले जानकारी दिए । उनका अनुसार चालु आवभित्रै हुम्ला सदरमुकाम सिमकोट सडक सञ्जालमा जोडिनेछ । उनले भने, सेनाको सहयोगमा पनि यस वर्षभित्र सिमकोटसम्म सडक पुग्नेछ । गाेरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय