दशैँ पहिले नै अवरुद्ध सडकहरू खुलाउने मन्त्रालयकाे तयारी

 

काठमाडाैं, असाेज १७ः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वर्षाका कारण अवरुद्ध सडक बडादशैँ पहिले खुलाउने तयारी गरेको छ । खुल्न बाँकी दुई सडक केही समयभित्रै खुल्ने जनाइएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आज प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको भर्चुअल बैठकमा वर्षाका कारण अवरुद्ध सडक अधिकांश खुलिसकेको बताए । उनका अनुसार यस वर्ष वर्षाका कारण झण्डै २५० स्थानमा सडक अवरुद्ध भए पनि सडक विभागले उपलब्ध जनशक्ति र उपकरणबाट सकेसम्म चाँडो सडक खुलाएको छ । उनले भने, वर्षा शुरु हुनुभन्दा पहिले नै हामीले डिभिजनहरुलाई तयारी अवस्थामा राखेका थियौँ ।

दशैँतिहारलगायत चाडपर्वका समयमा घर फर्किन चाहने यात्रुलाई स्वास्थ्य सावधानी अपनाएर जाने व्यवस्था मिलाइएको मन्त्री नेम्वाङले बताए । उनका अनुसार कोभिडको जोखिम हुँदाहुँदै अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बाध्यता रहेकाले मध्यम र लामो दूरीको सवारी साधन खोल्ने निर्णय गरिएको हो । उनले भने, लामो समयसम्म सवारी साधन अवरुद्ध हुँदा एकातिर व्यवसायी मारमा थिए भने मजदूरले पनि रोजगारी गुमाएका थिए ।

भौतिक पूर्वाधार सचिव देवेन्द्र कार्कीले सडक विभागले बाढीपहिराबाट अवरुद्ध कतिपय सडक एकातर्फी रुपमा भए पनि सञ्चालन गरिएको बताए । दशैँभन्दा पहिले १५ दिनभित्र वर्षाका कारण बिग्रिएका सडकको मर्मत गरिने उनले जानकारी दिए । उनका अनुसार चालु आवभित्रै हुम्ला सदरमुकाम सिमकोट सडक सञ्जालमा जोडिनेछ । उनले भने, सेनाको सहयोगमा पनि यस वर्षभित्र सिमकोटसम्म सडक पुग्नेछ । गाेरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत

फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।

पोखरा महानगरको ‘भ्रष्टाचार’ : सवा अर्बको लगानी, बालुवामा पानी !

काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित

प्रधानमन्त्रीबाट सिद्धबाबा सुरुङमार्गको भर्चुअलरूपमा ब्रेक थ्रु

प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

यस्तो बन्यो पन्त्रीपरिषद्

असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार

कांग्रेस-एमाले सहमतिमा के छ ? 

पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड