September 6, 2020

शुल्क नतिरेको भन्दै विद्यालयका प्रिन्सिपलबाट अभिभावक कुटिए

भाद्र २१, परासी : विद्यालयको शिक्षण शुल्क बापतको बक्यौता रकम नतिरेको भन्दै पूर्वी नवलपरासीका एक अभिभावकलाई निजी विद्यालयका प्रिन्सिपलले खुट्टा भाँचिदिएका छन् । विनयी त्रिवेणी गाउँपालिका-६ रानीनगरस्थित उज्जवल शिशु इंग्लिस सेकेन्डरी स्कुलका प्रिन्सिपल दीपक कुँवरले आफ्नै विद्यार्थीका अभिभावकलाई कुटपिट गरेर खुट्टा भाँचिदिएका हुन् । प्रिन्सिपलको कुटाइबाट ती अभिभावको खुट्टाको जोर्नीको हड्डी खुस्किएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्वका सूचना अधिकारी मोहनबहादुर खाँडले बताए ।

कु्टपिटबाट पश्चिम नवलपरासी सुस्ता गाउँपालिका-३ का कृष्णप्रसाद अचार्य घाइते भएका हुन् । आचार्यको दाहिने खुट्टा भाँचिएको छ । कुँवरको विद्यालयमा आचार्यका दुई छोराहरु अध्ययन गर्दर्थे । साउन २८ गते बक्यौता शुल्क माग गरेपछि आचार्यले कारोना भाइरसको कारण लकडाउन भएको र आफूसँग तत्काल रकम नभएको भनेपछि विवाद भएको थियो । रकम तत्काल तिर्न नसकने भनेपछि कुँवरले गाली गलौज गर्दै कुटपिट गरेको घाइते आचार्यका छोरा लक्षण आर्चाले बताए । आचार्यको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ ।

‘हामी दुई जना दाजुभाइ सरको विद्यालयमा नै पढेका हौं । तीन वर्षअघि एसईई दिने बेलामा अध्ययन गरेको करिब २५ /३० हजार रकम तिर्न बाँकी रहेछ,’ घाइते अभिभावकका छोरा लक्ष्मण आर्चायले भने,‘एकै पटक तिर्न नसक्ने र थोरै थोरै गरेर तिर्छौं भन्दा एक्कासी किनमेलका लागि बजार जाँदा बाटोमा नै हातपात भयो ।’

घटना भएको लामो समय हुँदा समेत गाउँघरको झगडा भन्दै प्रहरी समक्ष उजुरी पुगेको थिएन् । तर उपचार खुट्टाको अप्रेसन गर्नुपरेको र उपचार खर्च पनि धेरै लागेपछि अहिले आचार्य परिवार पीडित बनेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) मा घाईते आचार्यका छोरा राम आचार्यले भदौ ९ गते जाहेरी दर्ता गरेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्वका सूचना अधिकारी खाँडले प्रिन्सिपल विरुद्ध मुद्दा दर्ता भएको र आरोपितको खोजी कार्य भइरहेको बताए । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय