भाद्र २०, बागलुङ : बागलुङको भुजीखोलाको बाढीले तटीय बस्ती बगाउँदा १४ जनाको मृत्यु भएको छ । जसमध्ये ८ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार ढोरपाटन नगरपालिका–५ पेङखोलामा बाढीले बस्ती बगाउँदा २३ वर्षीया दिलमाया पुन र उनका श्रीमान् दर्शन पुन, लाकुरीबोटका करबहादुर विक र उनका ९ वर्षीय छोरा दलु विकको मृत्यु भएको छ । उनीहरूको शव घरनजिकैको खोलामा फेला परेको थियो ।

यसैगरी, भट्टेचौरकी २६ वर्षीया केशमाया विक, २६ वर्षीय जीवन विक, ३१ वर्षीया रिमकुमारी घर्ती र उनका श्रीमान् धु्रव घर्तीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए । भुजीखोलाको बाढीले बस्ती बगाउँदा बेपत्ता भएकामध्ये ८ जना महिला र ६ जना पुरुषको शव फेला परेको हो । शव क्षतविक्षत् अवस्थामा फेला परेकाले अन्य ६ जनाको सनाखत हुन सकेको छैन ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, जिल्ला सदरमुकामदेखि गएका युवाहरूले बिहीबार दिनभर र शुक्रबार साँझसम्म बेपत्ताको खोजी गर्दा पनि थप बेपत्ता भेटिएका छैनन् ।
१५ जना प्रहरीको विशेष टोलीले भुजीखोला हुँदै बडिगाडको खोला किनारमा खोजी गर्दा पनि बेपत्ता फेला पार्न नसकेको डिएसपी रेग्मीको भनाइ छ । बाढीले बगाउँदा बेपत्ता भएका ४१ जनामध्ये ३ जना सकुशल सम्पर्कमा आएको र २४ जनाको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय