September 5, 2020

आफन्त पनि, मलामी पनि

भदौ २०, चितवन : कोरोना संक्रमितको शव व्यवस्थापनका लागि तयार रहन नरबहादुर गुरुङले सूचना पाए। नेपाली सेनाको कालीबहादुर गणमा कार्यरत गुरुङ त्यसपछि आफ्नो टोलीसहित ब्यारेकबाट भरतपुर अस्पतालतर्फ लागे।

शव नदेख्दासम्म उनमा अलिअलि डर थियो। अस्पतालको कोभिड आईसीयूको ढोकामा पुगेर शव नियाले। जब शवनजिक पुगे तब डर र त्रास हरायो। कतै केही भइहाल्छ कि भन्ने डरलाई जिम्मेवारीले जित्यो। निर्धक्कसाथ उनले शवलाई प्लास्टिकले बेरेर बाहिर निकाले। त्यसपछि तोकिएको स्थानमा शव व्यवस्थापन गर्न लगे। शवलाई अन्तिम सलामी दिई गाडेर फर्किए।

लमजुङ बेसीसहरका ३८ वर्षीय गुरुङले सेनामा रहेर देशको सेवा गरेको १८ वर्ष भयो। उनी पाँचवटा शव व्यवस्थापनामा सहभागी भइसकेका छन्। ‘आफन्तले सदगद गर्न पाउँदैनन्, त्यति बेला मै आफन्त रहेछु भन्ने सोचाइ हुन्छ’, उनी भन्छन्, ‘दुखद घटना भए पनि यस्तो महामारीमा जिम्मेवारी वहन गर्न पाउँदा गर्व महसुस भयो।’

संक्रमितका आफन्त पनि उनीहरू नै हुन्, मलामी पनि। जब शवलाई व्यवस्थापन गर्न जान्छन् त्यति बेला उनीहरू भावुक हुन्छन। मानिसको त्यस्तो मरण जहाँ न आफन्त हुन्छन् न त मलामी। भरतपुर ब्यारेकमा कति खेर खबर आउला भनेर शव व्यवस्थापनको टोली तयारी अवस्थामा रहन्छ।

सिरहा बन्दीपुरका ४१ वर्षका राजकुमार गुरुङ पनि पाँचवटा शव व्यवस्थापनमा सहभागी भए। ‘कोही आफन्त नहुँदा हामी नै आफन्त हौं भन्ने सोचाइ हुन्छ। त्यति बेला भावुक हुन्छौं’, उनी भन्छन्, ‘आफन्तलाई चिन्ता नगर्नुस्, हामी राम्रोसँग व्यवस्थापन गरेर आउँछौं भनेर सम्झाउँछाैं।’

गाडेको शवलाई सेनाले अन्तिम सलामी दिन्छन्। कोभिड शव व्यवस्थापन कार्यविधि २०७७ अनुसार सेनाले शव व्यवस्थापन गर्दै आएको छ। ‘जुन पनि मृतकलाई आफन्तै ठान्छौं’, नरबहादुर भन्छन्, ‘नेपाली सेनाले जुनसुकै शव देखे पनि सम्मान गर्छ। त्यसैले सलामी दिएर गाड्छौं।’

उनीहरू पीपीईसहित स्वास्थ्य सुरक्षाका सम्पूर्ण पोसाक लगाएर शव व्यवस्थापनमा खटिन्छन्। टोलीमा स्यानिटाइजर स्प्रे गर्ने एक जना हुन्छन्। आइसोलेसन कक्षसम्म स्प्रे गर्दै सेनाले शव प्लास्टिकमा बेर्छ। गणमा ‘डेड बडी म्यानेजमेन्ट टिम’ छ। टोलीले कोरोना संक्रमितको मृत्युपछि स्वास्थ्य र सुरक्षामा व्यक्तिगत सुरक्षालाई उच्च सतर्कता अपनाउँछन्।

शव व्यवस्थापन गर्न टोली विभाजन गरिएको हुन्छ। खबर पाउनासाथ टोली परिचालन हुन्छ। तालिम प्राप्तमध्ये एकपटकमा एक जना कमान्डर र चालकसहित पाँचदेखि सात जना हुन्छन्। टोलीका कमान्डर सहसेनानी कौशल कार्की फरक जिम्मेवारी अनुभव भएको सुनाउँछन्। ‘बन्दुक र गोली बोक्ने हामी पीपीई लगाएर जाँदा कता कता अनौठो लाग्ने रैछ’, कार्की भन्छन्, ‘अस्पताल पुग्दा देखिने सुनसान माहोलले नरमाइलो लाग्छ। तर कर्तव्यमुखी पेसा हो भनेर चित्त बुझाएर फर्किन्छौं।’

शव व्यवस्थापन गर्न गएको टोली १४ दिन क्वारेन्टाइनमा बस्छ। त्यसको सात दिनभित्र पीसीआर गरेपछि मात्रै ड्युटीमा खटिन्छन्।

कालीबहादुर गणले नेपालमा महामारी हुनुअघि नै तयारी थालेको थियो। समस्या हुन सक्छ भनेर अभ्यास गरिरहेको थियो। कोभिडबाट मृत्यु भएका शव व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सेनाको विपद् व्यवस्थापन गण रसौलीमा करिब १ सय जनाले साढे दुई महिना तालिम लिएका थिए। त्यसपछि हरेक पटक ब्यारेकमा अभ्यास गर्दै आएका छन्। सुरक्षित तवरले शव व्यवस्थापनमा उनीहरू पहिल्यै अभ्यस्त थिए। जति नै अभ्यास गरे पनि पहिलो पटकको शव व्यवस्थापनमा सबै त्रसित थिए। पछि उनीहरूलाई सामान्य लाग्न थाल्यो। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय