August 28, 2020

सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण बढ्दो

महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, सोह्रखुट्टे र जनसेवा (न्युरोड)मा कार्यरत प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको छ । कोरोना नियन्त्रण तथा रोकथाम र नियमित शान्तिसुरक्षामा खटिएका सुरक्षाकर्मीमा सङ्क्रमण देखिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले कोरोना नियन्त्रण कार्यमा खटिएका प्रहरी वृत्त महाराजगञ्ज, सोह्रखुट्टे र जनसेवामा कार्यरत ट्राफिकसहित ६७ जना सुरक्षाकर्मीमा सङ्क्रमण देखिएको जानकारी दिए । 

ती वृत्तमा कार्यरत प्रहरी कर्मचारीमा सर्वसाधारण सेवाग्राही तथा थुनुवाबाट सङ्क्रमण फैलिएको दाबी प्रहरीको छ । ‘बन्दाबन्दी’ हटेसँंगै विभिन्न अपराधमा संलग्न अभियुक्त पक्राउ गर्न र नियमित सुरक्षा कार्यका लागि सडकमा खटिएकामा सङ्क्रमण देखिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय