August 27, 2020

काठमाडौं संक्रमणको उच्च जोखिममा, संक्रमित बढेको बढ्यै

देशको संघीय राजधानी काठमाडौंमा बुधबार मात्रै २ सय ३० जना कोरोना संक्रमित थपिएका छन्। केही सातायता औसतमा सयभन्दा माथि संक्रमित थपिने क्रम जारी छ। यहाँ संक्रमितको संख्या ३ हजार १ सय ८५ पुगेको छ।

११ स्थानीय तहमध्ये काठमाडौं महानगरपालिका, कीर्तिपुर, चन्द्रागिरि नगरपालिका बढी प्रभावित देखिएका छन्। अन्य तहमा पनि कोरोना भने फैलिएकै अवस्था छ। सरकार र नागरिक दुवैका कमजोरीले काठमाडौं संक्रमणको उच्च जोखिममा गएको विज्ञ बताउँछन्।

शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालका डा. शेरबहादुर पुनले लकडाउन खुलेसँगै बाहिरी जिल्लाबाट आउने व्यक्तिको परीक्षण र व्यवस्थापन गर्न नसक्नु मुख्य कारण भएको बताए। ‘लकडाउन खुसेसँगै बाहिरी जिल्लाबाट काठमाडौं आउने बढे’, डा. पुनले भने, ‘जुन बेला ९९ प्रतिशतमा लक्षण देखिएको थिएन। लक्षण नभएकाहरू गाइडलाइनअनुसार क्वारेन्टाइनमा बसेनन्। उनीहरू समुदायमा काम गर्ने व्यक्ति थिए। बिनापरीक्षण काममा गए। यसबाट पनि एक प्रकार जोखिम बढ्यो।’

बाहिरी देशबाट आएकालाई सरकारले क्वारेन्टाइनमा राख्यो। परीक्षण ग¥यो। तर, बाहिरी जिल्लाबाट आउनेलाई भने काठमाडौंमा क्वारेन्टाइनमा राखिएन। उनीहरूको परीक्षण पनि गरिएन।

सरकारले लकडाउनको समयको सदुपयोग गर्न नसक्नु अर्को समस्या भएको उनले बताए। ‘लकडाउनको समयमा आवश्यक तयारी गर्नुपथ्र्यो’, उनले भने, ‘सरकारले रणनीति बनाउनुपथ्र्यो त्यो काम भएन। पुरानै तरिकामा चल्यो।’

लकडाउन खुलेसँगै काठमाडौं उपत्यकामा सार्वजनिक सवारी चले। व्यापार व्यवसाय पनि चलाउन थालियो। मजदुरहरू काममा लागे। तर कोरोनाका लागि अपनाउनुपर्ने सुरक्षाका उपाय अपनाइएन। जुन संक्रमण फैलिनुको अर्को कारण बन्यो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा उपेन्द्र अर्यालले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय