August 26, 2020

राजस्व संकलन उत्साहजनक : ६७ अर्ब १९ करोड रुपैयाँ संकलन

विश्व महामारीका रूपमा संसारभर फैलिएको कोरोना भाइरसको प्रभावले मुलुकको आर्थिक गतिविधिमै अवरोध पु-याएको अवस्थामा राजस्व संकलन उत्साहजनक देखिएको छ ।

सरकारले चालु आर्थिक वर्ष २०७७-७८ को दोस्रो महिनाको ८ भदौसम्म ६७ अर्ब १९ करोड २० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जसमा कर राजस्वबापत ६४ अर्ब ८२ करोड ७० लाख रुपैयाँ उठेको छ । यसैगरी, गैरकर राजस्वबापत २ अर्ब ३६ करोड ५० लाख रुपैयाँ उठेको छ ।

सरकारले चालु आर्थिक वर्षमा कुल १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । सोही लक्ष्यअनुसार अहिलेसम्म कुल ६ दशमलव ६४ प्रतिशत राजस्व संकलन भएको हो । सोमबारसम्म सरकारले कर राजस्वतर्फ ७ दशमलव १० प्रतिशत र गैरकरतर्फ २ दशमलव ३९ प्रतिशत राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयले सो जानकारी गराएको हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको पहिलो महिना साउनमा मात्र सरकारले विभिन्न निकायबाट कुल ५८ अर्ब ८१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जसमध्ये कर राजस्वतर्फ ५६ अर्ब ५५ करोड रुपैयाँ र गैरकर राजस्वतर्फबाट २ अर्ब २६ करोड रुपैयाँ उठाउन सफल भएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय