August 24, 2020

लकडाउनको बहानामा टमाटरमा कालोबजारी

लकडाउनका कारण पहाडी क्षेत्रबाट टमाटर महँगो मूल्यमा खरीद गर्न परेको भन्दै धरान–१३ स्थित कृषि उपज बजारस्थलका थोक व्यापारीले कालोबजारी गर्ने गरेको पाइएको छ । धरानमा हाल धनकुटा–९ बेलहारा र धनकुटा–१० पात्लेखोला क्षेत्रबाट टमाटर ल्याउने गरिएको छ ।

किसानको खेतमै गएर थोक व्यापारीहरूले टमाटर खरीद गरेर ल्याउने गरे पनि महँगो मूल्य तिरेर ल्याएको भन्दै उपभोक्तासँग थोकबजारमा दोब्बर मूल्य लिने गरेको पाइएको हो । किसानका अनुसार थोक व्यापारीहरूले धनकुटाको पात्लेखोला क्षेत्रका खेतमै गएर प्रतिकेजी रू. ३० देखि रू. ३५ सम्ममा खरीद गर्ने गरेका छन् भने धनकुटाको अन्य क्षेत्रमा किसानको खेतबाट प्रतिकेजी रू. ६५ देखि रू. ७० मा विक्री भइरहेको छ ।

सोही टमाटर धरान आइपुग्दा प्रतिकेजी थोकमूल्य रू. ११० सम्म पुग्ने गरेको छ भने उपभोक्ताले प्रतिकेजी रू. १६० मा खरीद गर्न पर्ने बाध्यता रहेको छ । थोक व्यापारीले प्रतिकेजी झण्डै दोब्बर मुनाफा लिइरहेका छन् ।

धनकुटा–९ बेलहारास्थित जलपादेवी कृषि सहकारीका व्यवस्थापक सचिव टंक रोईरालाले उत्पादन कम भएकाले विगतका वर्षहरू भन्दा केही महँगो भए पनि थोक मूल्यमा त्यो रूपमा मूल्य निधाएरण हुनु गलत भएको दाबी गरे । बेलहारा क्षेत्रबाट मात्रै दैनिक ५० क्विन्टल टमाटर विक्री हुने गरेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा दिनेश गजमेरले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण