August 23, 2020

उपचारै नपाएर जान्छ ज्यान

तीनवटै तहका सरकारको दाबी पत्याउने हो भने कोरोना कहरमा पनि प्रदेश १ को अवस्था ठीक छ। प्रदेश सरकार मन्त्रिपरिषद्ले शुक्रबार पनि ‘कोरोना कहर व्यवस्थापनमा जनअपेक्षा अनुसारकै काम भइरहेको’ निष्कर्ष निकालेको छ। तर वास्तविकता योभन्दा फरक छ।  

death_DfY4kwUkxX

प्रदेश १ मा शुक्रबारसम्म २ हजार ५ सय ८८ जना संक्रमित छन्। जसमध्ये ६ सय हाराहारीमा घरैमा छन्। लक्षणबेगरका बिरामी होम आइसोलेसनमा बस्न सक्ने व्यवस्था छ। उनीहरूमा लक्षण छ÷छैन भन्नेबारे सरकारी निकाय बेखबर छन्। यसबाहेक अस्पतालमै ज्यान गुमाएका र अस्पताल नपुग्दै ज्यान गुमाएका परिवारका सदस्यको आर्तनाद तथा चाहेर पनि अस्पताल जान नसकिरहेकाको पीडा सुन्ने हो भने सरकारी दाबी हावादारी मात्रै लाग्दैन, कमजोरी छोप्न खोजेको छर्लंग हुन्छ।  

अझ संक्रमितको अस्पतालमा राम्रो रेखदेख नहुने सुनेका आफन्त थप आतंकित छन्। सरकारी तहबाट यस्तो भय चिर्ने प्रयास भएकै छैन। ‘अस्पतालहरूमा संक्रमितको राम्रो उपचार भएको छ र कसैले पनि उपचार नपाउने अवस्था छैन’ भन्ने सामाजिक विकास मन्त्रालयको दाबी भए पनि अवस्था त्यस्तो छैन।  

यसको ताजा उदाहरण हुन्, विराटनगर महानगरपालिका–६ का ४५ वर्षीय संक्रमित व्यक्ति, जसले अस्पताल पुग्न नपाइ बिहीबार राति घरमै ज्यान गुमाउनु प¥यो। १० वर्षदेखि मधुमेहबाट पीडित ती पुरुष स्वास्थ्योपचारका लागि विराटनगरस्थित कोसी अस्पताल धाइरहन्थे। केही साताअघि मधुमेहले सिकिस्त भएर कोसी अस्पतालकै आइसियुमा उपचार गराएर फर्केका ती पुरुष रुघाले ग्रस्त पारेपछि कोरोना परीक्षणका लागि अस्पताल गए। भदौ ३ गते कोरोना पोजेटिभ भएको रिपोर्ट आएपछि परिवारका सदस्य आत्तिए। अस्पताल लैजाने उपाय खोज्न थालियो। तर प्रदेशका सबै आइसोलेसन भरिभराउ भएको जानकारी पाएपछि ती पुरुषलाई घरैमा ‘आइसोलेटेड’ गरियो। पारिवारिक स्रोतका अनुसार बिहीबार राति अचानक श्वासप्रश्वासमा समस्या आयो।  

‘अस्पताल लैजाने तयारी हुँदाहुँदै मृत्यु भयो’, विराटनगर ६ का वडाध्यक्ष विजय कामतले भने, ‘अस्पताल लैजान नपाउँदै ज्यान गयो।’

विश्व स्वास्थ्य संगठनदेखि नेपालका पनि सबै तहका सरकारले भनिरहेका छन्, ‘दीर्घरोगी कोरोनाको बढी जोखिममा हुन्छन्।’ ती पुरुष दीर्घरोगी त थिए नै, केही साताअघि अस्पतालमा उपचार गराएर घर फर्केका थिए। त्यहीक्रममा कोरोनाबाट संक्रमित बने। ती पुरुषले संक्रमित भएपछि आइसोलेसन बेड, जहाँ उपचारको प्रबन्ध हुन्छ, त पाएनन् घरैमा पनि चिकित्सकीय सुझाव पाउन सकेनन्। ‘कतै पनि आइसोलेसन बेड खाली नभएपछि घरैमा राख्न बाध्य भयौं’, वडाध्यक्ष कामतले भने, ‘अहिले पनि हाम्रो वडामा मात्रै ३० संक्रमित घरैमा छन्। चिकित्सकीय सल्लाह लिने अवस्थामा उहाँहरू हुनुुहन्न।’  

विराटनगर महानगरपालिकाका अनुसार शुक्रबार साँझसम्म कोरोना विशेष अस्पतालहरूमा आइसोलेसन बेडको अभाव हुँदा महानगरपालिकामा बसोबास गर्ने साढे तीन सयभन्दा बढी संक्रमित घरैमा छन्। उनीहरू चिकित्सकीय सल्लाह पनि पाउन सकेका छैनन्। यो समाचार आजको नागरिक दैनिकमा राजु अधिकारीले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय