August 23, 2020

मुलुकभर रगतको चरम अभाव

बढ्दो कोरोना संक्रमणका कारण मुलुकभर रगतको अभाव खड्किएको छ । कोरोना भाइरस जोखिम बढ्दै गएपछि सरकारी तवरबाट भएको लकडाउनका कारण आवतजावतमा कठिनाइ हुँदा रगत संकलन हुन नसकेको हो ।

देशभर ७३ वटा ब्लड बैंक रहेका छन् । यद्यपि अधिकांश ब्लड बैंकमा रगत संकलन हुन नसक्दा अभाव बढेको हो ।

रक्तदान कार्य ठप्प हुँदा अहिले केन्द्रीय रक्त सञ्चार र जिल्ला जिल्लामा रगत आवश्यक पर्ने बिरामीहरू निकै मारमा परेका छन् । ब्लड बैंक, अस्पताल र केन्द्रीय रक्त सञ्चार सेवामा रगतको अभाव खड्किएपछि सामाजिक सञ्जालमा रगत आवश्यकता भन्दै माग गर्न थालिएको छ ।

कोभिड–१९ संक्रमण हुनुअघि केन्द्रीय रक्तसञ्चार सेवामा दैनिक १ सय ५० पिन्ट रगत संकलन हुने गरेकामा हाल शून्य प्रायः छ । देशभर रक्तदानका लागि क्याम्पहरू समेत सञ्चालनमा आउन सकेका छैनन् । लकडाउनअघि केन्द्र मातहत मात्रै दैनिक चारदेखि सात वटासम्म क्याम्प हुने गरेको थियो ।

बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा रक्तदान क्याम्प आयोजना हुन नसकेकाले अत्यन्तै न्यून संख्यामा रगत मौज्दात रहेको पाइएको छ । दुर्घटनामा पर्ने, रक्तस्राव भएका, प्रसूति, मुटु, क्यान्सर तथा मिर्गौला बिरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक अपरेसन गर्नुपर्ने बिरामीका आफन्तहरू केन्द्रीय रक्तसञ्चार केन्द्रमा आए पनि रगत पाउन नसकेको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्ताले जानकारी दिए ।

केन्द्रीय रक्तसञ्चार सेवामा गत बिहीबार ३२ जना रक्तदाताले केन्द्रमै आई रक्तदान गरेकाले ६४ पिन्ट रगत संकलन भएको थियो । तर, थप ६१ जना रगत नै नपाई फर्किनुपरेको थियो । यस्तै, शुक्रबार २६ जना रगत नपाएर फर्किएका थिए । केही दिनयता धरान, विराटनगर, चितवनलगायतमा रगतको अभाव खड्किएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय