August 23, 2020

बिरामीको स्वीकृतिमा मात्र ‘रेम्डेसिभिर’

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको उपचारमा प्रभावकारी मानिएको ‘रेम्डेसिभिर’ एन्टिभाइरल औषधिको प्रयोग डेडिकेटेड अस्पतालमा सुरु गरिएको छ । अनुसन्धानकै क्रममा रहेको यो एन्टिभाइरल बिरामीको स्वीकृतिमा मात्र प्रयोग गरिनेछ ।

कोभिड–१९ सङ्क्रमितका लागि भारतमा प्रयोग थालिएको यो औषधि नेपाल ल्याउन अनुमति नहुँदा यसअघि पनि लुकिछिपी ल्याएर प्रयोग गरिएको थियो ।

औषधि व्यवस्था विभागले साउन ३१ मा सिप्ला, माइलन र हिटेरो कम्पनीबाट उत्पादित ‘रेम्डेसिभिर’ आयात गर्न अनुमति दिएको थियो । यो औषधिको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ‘क्लिनिकल ट्रायल’का लागि अनुमति दिइसकेको छ । आयात अनुमति प्राप्त भएपछि नेपाली आयातकर्ताले शुक्रबार नै ‘रेम्डेसिभिर’ औषधि ल्याइसकेका छन् ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार भारतका तीनवटा कम्पनीमा उत्पादित दुई÷दुई हजार भाइल औषधि (खोप) ल्याउन अनुमति दिइएको छ । भारतमै समेत यो औषधिको अभाव रहेकाले प्रभावकारिताका आधारमा थप माग गरिने महानिर्देशक ढकालले बताए । नेपालमा यो औषधि सिनर्जी ओभरसिज प्रालि र यतिकेम प्रालिले ल्याउने अनुमति पाएको छ ।

महानिर्देशक ढकालले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को मापदण्ड अनुसार कोभिड–१९ सङ्क्रमितको अनुमतिमा मात्र ‘रेम्डेसिभिर’ प्रयोग गर्न पाइने बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ डेडिकेटेड अस्पतालका रूपमा तोकिएका अस्पतालको फार्मेसीबाट मात्र यो औषधि बेच्न पाइनेछ । 

अस्पतालको अति सघन कक्ष (आईसीयू)मा उपचाररत र भेन्टिलेटरमा जाने अवस्थामा रहेका बिरामीमा ‘रेम्डेसिभिर’ प्रयोग गर्न पाइने महानिर्देशक ढकालले जानकारी दिनुभयो । कोरोनाको लक्षण नदेखिएका र सामान्य लक्षण देखिएकालाई यो औषधि प्रयोग गर्न मिल्दैन । यो समाचार आजको गोरखापत्र दैनिकमा दीपक श्रेष्ठले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण