August 22, 2020

जनस्वास्थ्य मापदण्ड पालनामा हेलचेक्र्याइँ, थप फैलिँदै कोरोना

सर्वसाधारणबाटै जनस्वास्थ्यका न्यूनतम मापदण्डको पालना हुन नसक्दा कोरोना भाइरस संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको पाइएको छ । संक्रमण तीव्र रूपमा बढ्दै गए पनि आमनागरिकले जनस्वास्थ्यका न्यूनतम मापदण्डको पालना तथा कार्यान्वयमा हेलचेक्र्याइँ गर्दै आएका छन् । जसका कारण संक्रमित र मृतकको ग्राफ अप्रत्याशित रूपमा बढिरहेको छ ।

राजधानी दैनिक लेख्छ-स्वास्थ्य मन्त्रालयले कोभिड १९ को महामारी र व्यवस्थित बन्दाबन्दीमा जनस्वास्थ्यका मापदण्ड २०७७ जारी गरे पनि अधिकांश बुँदाहरू कार्यान्वयनमा आम नागरिकहरू जिम्मेवार नबनेको देखिएको हो । मापदण्डमा अत्यावश्यकीय बुँदाअन्तर्गत सबै किसिमका जमघट र भेलामा कम्तीमा दुई मिटरको दुरी कायम गर्ने उल्लेख छ ।

यस्तै, घर बाहिर जाँदा मास्क (सर्जिकल वा तीन तहको कपडाको मास्क)को प्रयोग अनिवार्य रूपले गर्ने गरी मापदण्ड तोकिएको छ । मापदण्डमा सबै सार्वजनिक स्थल तथा कार्यालयहरूले आफ्नो परिसरमा हात धुने साबुन र पानी वा सेनिटाइजरको अनिवार्य व्यवस्था मिलाउने उल्लेख छ ।

यस्तै, अनावश्यक वस्तु वा सतहहरू नछुने, नाक, मुख र आँखा अनावश्यक रूपमा नछुने, सार्वजनिक स्थलमा जथाभावी नथुक्ने, सम्भव भएसम्म पैसाको कारोवार गर्दा विद्युतीय कारोबार गर्नुपर्ने व्यवस्था जनस्वास्थ्य मापदण्ड २०७७ मा गरिएको छ ।

धेरै प्रयोग हुने चिजहरू (ढोका, मेसिनका ह्यान्डल, टेबल) डिसइन्फेक्टेन्ट प्रयोग गरी नियमित सफा गर्ने उल्लेख छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण दर रोक्न स्वयं व्यक्ति सचेत र सतर्क हुनुपर्ने आवश्यकता औंल्याए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय