August 21, 2020

अब उपत्यकाका नगरपालिकाले निर्माण गरेका क्वारेन्टाइन नै आइसोलेसन

काठमाडौँ उपत्यकामा दैनिक कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उपत्यकाका नगरपालिकाले निर्माण गरेका क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गर्ने तयारी गरिएको छ । पहिलो चरणमा भक्तपुरको खरिपाटीमा निर्माण गरिएको क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गरिसकिएको छ । अब क्रमिक रूपमा सबै नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनलाई आइसोलेसन बनाइने भएको छ ।

उपत्यकामा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि क्वारेन्टाइनले मात्र काम नगर्ने र निश्चित सङ्ख्यामा नियमित परीक्षण गर्ने सहितको आइसोलेसन कक्ष आवश्यक पर्ने उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

उनले पहिलो चरणमा भक्तपुरबाट सुरु गरिए पनि क्रमिक रूपमा उपत्यकाका सबै नगरपालिकाभित्र आइसोलेसन कक्ष निर्माण गरिने बताए । अहिले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा तीन सय बेड र भक्तपुर अस्पतालमा २५ बेडका आइसोलेसन कक्ष छन् ।

खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा भएका सबै क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गर्न लागिएको छ । उक्त कार्यका लागि भक्तपुरका चारवटै नगरपालिकाको लागत साझेदारीमा आइसोलेसन निर्माण गर्न लागिएको हो । उपत्यकामा दैनिक बढ्दै गएको कोरोना भाइरस नियन्त्रण गर्न सबै नगरपालिकाले एकीकृत कार्ययोजना निर्माण गर्नुपर्नेमा उपत्यकाका १८ वटै नगरपालिकाका प्रमुख सहमत छन् ।

काठमाडौँ उपत्यकामा बढ्दो कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्था गम्भीर बन्दै गए प्रत्यक्ष चिकित्सकको निगरानीमा आइसोलेसन अत्यावश्यक भएको उपत्यका नगरपालिका फोरमले जनाएको छ । फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उपत्यकामा बढ्दै गएको कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्था हेरचाहका लागि हाल भएका आइसोलेसनले नपुग्ने भएकाले सबै नगरपालिकाभित्र आइसोलेसन निर्माण गर्ने गरी आन्तरिक तयारी भएको छ । उनले ललितपुर महानगरले दुई स्थानमा बनाएको ५२ बेडको क्वारेन्टाइन आफैँमा आइसोलेसनजस्तै भएकाले यसलाई थप गरेर दुई सय बेड बनाउने तयारी भएको बताए । कोरोना सङ्क्रमितको व्यवस्थापन र सङ्क्रमण नियन्त्रण गर्न ललितपुरका सबै स्थानीय तहका प्रमुख सहितको भेलाले महानगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनलाई थप व्यवस्थित गरी आइसोलेसन बनाउन सहमत भएका छन् ।

उपत्यकाका १८ वटा नगरपालिकामा अहिले करिब एक हजार क्षमताको क्वारेन्टाइन निर्माण भएका छन् । उक्त क्वारेन्टाइन सबै पूर्वाधारयुक्त छैनन् । उपत्यकामा कोरोनाका सङ्क्रमित बढ्दै गएपछि कतिपय सङ्क्रमित घरमै परिवारभन्दा अलग्गै बस्दै आएका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण