August 20, 2020

मेलम्चीमा गेट फ्रेम परिवर्तन गर्न अध्ययन

मेलम्ची खानेपानी आयोजनाको सुरुङ प्रवेशद्वार (गेट)को फ्रेम परिवर्तन गर्न भारतीय कम्पनीका इन्जिनियरहरूले स्थलगत अध्ययन गरेका छन् । पीआईएल कम्पनी अमहदाबादका दुई समूहले मेलम्ची प्रवेशद्वार भत्किएको सुरुङ स्थल अध्ययन गरी पुनः जडान गर्नुपर्ने बताएका छन् । कम्पनीले गेटको फ्रेम अर्को बनाउने भएको छ ।

खानेपानी मन्त्रालयका अनुसार पीआईएल कम्पनीले मेलम्ची अध्ययन गरेपछि गेटको फ्रेम परिवर्तन गर्न सहमत भएको हो । चारवटा गेटका फ्रेम परिवर्तन गर्नुपर्ने भएको छ । ती फ्रेम कम्पनीले भारतमा निर्माण गरिरहेको मन्त्रालयका प्रवक्ता रितेश शाक्यले जानकारी दिए ।

उहाँका अनुसार कम्पनीका सिनियर डिजाइनरहरू आएर मेलम्ची भिजिट गरे, एउटा समूह फर्किसक्यो, भित्रबाट खुल्ने गरी डिजाइन भएको गेट बाहिरबाट खुल्ने गरी जडान गरेपछि दुर्घटना भयो, अब अर्को डिजाइनसहितका फ्रेम आउने छन् ।

उनका अनुसार फ्रेम छिट्टै ल्याउने गरी काम भएको छ । हाल जडान भएका फ्रेम यथावत नै राखी त्योभन्दा अलिकति भित्री भागमा नयाँ फ्रेम जडान गरिने छ । सुन्दरीजलको गेटको फ्रेम पनि परिवर्तन गरिने छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण