August 17, 2020

कोरोना सन्त्रासपछि चितवनमा जताततै निषेधाज्ञा

melamchi-aandolan

चितवनमा कोरोना संक्रमतिको संख्या १९९ जना पुगेको छ । जिल्लामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा १२१, माडी नगरपालिकामा ४१, राप्ती नगरपालिकामा १५, रत्ननगरमा ९, खैरहनीमा ७ र कालिकामा पाँच जना कोरोना संक्रमति रहेको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताए । इच्छाकामना गाउँ पालिकामा एक जना मात्र कोरोना संक्रमित छन् ।

चितवनमा साउन ९ गतेपछि परीक्षण जारी नै भए पनि संक्रमति भेटिएका थिएनन् । साउन २१ गते पछि कोरोना संक्रमतिको संख्या बढ्दै गएको हो । कोरोना संक्रमतिको संख्या बढ्दै गएपछि भरतपुर महानगरपालिकामा शनिबारबाट भदौ ५ गतेसम्मका लागि निषेधाज्ञा लागु गरेको थियो । आइतबार माडी नगरपालिकाबाहेकका रत्ननगर, खैरहनी, राप्ती, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा पनि ५ भदौसम्मका लागि जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा जारी गरिएको छ ।

चितवन जिल्लामा एकै दिन २८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा चिकित्सक र नर्सहरूसमेत छन् । संक्रमितमध्ये भरतपुर अस्पतालका चिकित्सकसहित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पाँच जना नर्स छन् ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा साउन ३१ गते शनिबार राति १२ बजेसम्म गरिएको परीक्षणमा चितवनका २७ र सर्लाहीका एक जना गरी २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारी, स्त्री रोग तथा प्रसूति विभागका प्रमुख डा. सुनिलमणि पोखरेलसहित तीन चिकित्सक र एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि रत्ननगरमा रहेको रत्ननगर वकुल्हर अस्पतालका मेसु डा. विश्वबन्धु बगालेलाई पनि कोरोना संक्रमण भएको थियो । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना छन् ।

रत्ननगर नगरपालिका क्षेत्रका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी खैरहनी नगरपालिका–८ का २ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

क्यान्सर अस्पताल भरतपुरले अत्यावश्यक सेवा मात्र सञ्चालन गर्ने भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले साउन ३२ गते विज्ञप्ति निकालेर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा पछिल्लो समय लगातार कोरोना रिर्पोट पोजेटिभ आउन थालेपछि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको बताएका छन् । आकस्मिक सेवा पनि ओपिडीबाट दिने तयारी अस्पतालले गरेको छ ।

संक्रमितसँग सम्पर्कमा आएकाको परीक्षण र अस्पतालको निर्मलीकरण गर्नुपर्ने भएकाले अर्को सूचना नआएसम्मका लागि सेवा बन्द गरिएको कार्यकार निर्देशक डा. गौतमले बताए । शनिबार राति आएको रिपोर्टमा क्यान्सर अस्पतालको मात्रै आकस्मिक कक्षमा कार्यरत पाँच जना नर्समा कोरोना पोजेटिभ आएको थियो । योसहित सो अस्पतालमा १० जना नर्स र ७ जना बिरामीमा कोरोना संक्रमण देखिएको छ ।

क्यान्सर अस्पतालमा दैनिक यस अस्पतालमा देशका विभिन्न ठाउँबाट बिरामी आउने गर्छन् । वि.सं. २०५७ बाट सञ्चालनमा आएको यस अस्पतालमा नेपालभर र भारतका सीमा जोडिएका क्षेत्रबाट उपचारका लागि बिरामी आउँछन् ।

सबै खाले अर्थात् कोरोना आशंकित, पुष्टि भएका र नभएकाहरूको उपचार एकै ठाउँमा हुनु नै कोरोना संक्रमण फैलनुको प्रमुख कारण देखिएको छ । त्यति मात्रै होइन, एउटै चिकित्सक वा नर्सले आशंकित, कोरोना भएका र नभएका बिरामीको उपचार गर्दा यो समस्या स्वास्थ्यकर्मीमा झन् बढी देखिएको छ । यतिसम्मकी स्वास्थ्यकर्मी खुलमखुला जताततै आफूलाई प्रस्तुत गर्ने गरका छन् ।

कोरोना संक्रमितको उपचारमा न्यूनतम सावधानी नअपनाउँदा उच्चतम खतरा देखिएको छ । उनीहरूको व्यवस्थापनमा अस्पतालले पनि ध्यान दिएको छैन । राजधानी दैनिकमा राधेश्याम अधिकारीले समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी