August 16, 2020

हेलचेक्र्याइँले कोरोना सङ्क्रमण बढ्यो

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले अहिलेको अवस्थालाई कोरोना समुदायमा फैलिएको भन्न नमिल्ने बताए । 

पछिल्लो समय कुनै विगत यात्रा वृत्तान्त (ट्राभल हिस्ट्री) नभएका व्यक्तिहरू पनि सङ्क्रमित रहेको जानकारी दिँदै उनले त्यसकै आधारमा कोरोना समुदायमा फैलियो भन्न नमिल्ने बताए ।

“कतिपय अस्पतालका स्वास्थ्यकर्मीलाई समेत कोरोना पुष्टि भएको छ,” डा. पाण्डेले थपे, “तर त्यसलाई कोरोना समुदायस्तरमा गइसक्यो भन्न मिल्दैन ।” कतिपय अवस्थामा स्थानीयस्तरमा कुनै ठाउँमा नगएका व्यक्ति सङ्क्रमित भएको भन्दै उनले समुदायमा जान सक्ने सम्भावना रहेको बताए ।

निर्देशक डा. पाण्डेले सबैजना सुरक्षित रहने हो भने बन्दाबन्दी गर्नुपर्ने अवस्था नआउने भन्दै व्यक्तिको हेलचेक्र्याइँले गर्दा सङ्क्रमण बढेको विश्लेषण गरे । उनले पछिल्लो समय सङ्क्रमितहरू अधिकांश भारतबाट आएको भन्दै प्रत्येक अस्पतालका डाक्टर, नर्स तथा अन्य कर्मचारीलाई कोरोना देखिनु विडम्बना भएको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण