साउन २९, काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी पाठ्यक्रममा आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
पाठ्यक्रमको भार घटाउने, केही हटाउने तथा अतिरिक्त कक्षा सञ्चालन गरेर भए पनि विद्यार्थीको शैक्षिक सत्र खेर जान नहुनेमा उनले जोड दिएका छन् ।
बुधबार बसेको पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकलाई सम्बोधन गर्दै शिक्षा मन्त्री पोखरेलले यसमा तत्काल निचोड निकाल्ने गरी गृहकार्य गर्न शिक्षाका सम्बद्ध अधिकारीलाई निर्देशन दिएका हुन् ।
कोरोना महामारीका कारण नयाँ शैक्षिक सत्रमा ठूलो क्षति भएको भन्दै उनले कुन कुन विकल्पमा हामीले काम गर्न सक्छौँ त्यसलाई तय गरेर अघि बढ्न आह्वान गरे । कोरोनाको महामारीका कारण वैशाखमा सुरु हुनुुपर्ने शैक्षिक सत्र अहिलेसम्म प्रारम्भ हुन सकेको छैन । सरकारले असार १ गतेदेखि भने वैकल्पिक माध्यमबाट विद्यार्थीको पठनपाठनलाई भने निरन्तरता दिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय