August 11, 2020

गोंगबु हत्या प्रकरण : भान्छामा घाँटी छिनाइयो, शौचालयमा घुँडामाथिको भाग

साउन २७, काठमाडौं  : आइतबार गोंगबुमा मृत भेटिएका व्यक्तिको हत्या आर्थिक लेनदेनका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ । प्रहरीले हत्या भएको घरसमेत सोमबार फेला पारेको छ । प्रहरीले आइतबार हत्यापछि जेब्रा झोलामा टाउको र खुट्टा तथा घाँटी मुनिदेखि घुँडामाथिसम्मको भाग सुटकेसमा हालेर फ्याँकिएको अवस्थामा शव फेला पारेको थियो ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा सोमबार बिहानै मृत व्यक्तिको फोटो सार्वजनिक गरेपछि मृतकको पहिचान भएको थियो । प्रहरीले दिउँसो करिब तीन बजे सुटकेसमा शव फ्याँकिएको करिब ५० मिटर परको दुरीमा साढे तीन तले हरियो घरमा हत्या भएको निष्कर्ष निकालेको हो । प्रहरी स्रोतका अनुसार शव भेटिएको स्थानभन्दा ५० मिटर पर नवज्योतिमार्गस्थित सो घरको दोस्रो तलामा दाङका कृष्णबहादुर बोहोराको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

प्रहरीले हत्यामा संलग्न व्यक्तिलाई समेत चितवनबाट पक्राउ गरिसकेको छ । उनी महिला भएको र हत्यापछि शव फालेर चितवन गएको देखिएको प्रहरी उच्च स्रोत बताउँछ । तर, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले भने हत्याको अनुसन्धानका क्रममा धेरैलाई सोधपुछका लागि बोलाइएको र छाडिएको तर सोमबार साँझसम्म हत्यामा संलग्न व्यक्ति पक्राउ नपरेको बताए ।

‘हत्याको अनुसन्धानका क्रममा धेरैलाई सोधपुछका लागि बोलाइएको छ र छाडिएको छ तर सोमबार साँझसम्म हत्यामा संलग्न व्यक्ति पक्राउ परिसकेका छैनन्, अनुसन्धान जारी छ,’ परिसर काठमाडौंका प्रमुख ज्ञवालीले भने ।

प्रहरी उच्च स्रोतका अनुसार शव फालिएको स्थान नजिकैका तीन तले घरको दोस्रो तलामा रहेको भान्छा कोठामा बोहोराको हत्या गरिएको प्रहरी अुसन्धानले देखाएको छ । भान्छाकोठा (किचन)मा घाँटीमाथिको भाग छिनाएपछि ट्वाइलेटमा लगेर घुँडामाथिको भाग छिनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको हो । प्रहरीले सोमबार दिउँसो नै बोहोराको हत्या गरिएको घरलाई घेरा हालेर हत्या गरिएको स्थानको मुचुल्कासमेत तयार गरिसकेको छ ।

गेस्ट हाउसमा बस्थे बोहोरा

प्रहरीका अनुसार मृतक बोहोरा गत मंसिरबाटै नयाँ बसपार्क मित्रनगरको वीरेन्द्र ऐश्वर्य मार्गस्थित नर्सिङधाम गेस्ट हाउसमा बस्दै आएका थिए ।  उनी सोह्रखुट्टेस्थित एक गार्मेन्ट उद्योगमा काम गर्थे । उनले ज्याकेट र रेनकोटको मार्केटिङसमेत गर्ने गरेका थिए ।

प्रहरीले आइतबार अबेरसम्मको प्रयासबाट पनि शवको सनाखत गर्न नसकेपछि सोमबार बिहानै मृतकको फोटो सार्वजनिक गरेको थियो । अपराध महाशाखा र काठमाडौं प्रहरीले मृतकको मुहार सार्वजनिक गर्दै कसैले चिनेको भए प्रहरीसँग सम्पर्क गर्न आग्रह गरेको थियो । त्यसपछि उनी दाङ घर भएका कृष्णबहादुर बोहोरा भएको पुष्टि भएको थियो । बोहराको हत्या गरी टाउको र खुट्टा जेब्रा झोलामा हालेर फालिएको थियोे भने शरीर सुटकेसमा प्याक गरेर फालिएको अवस्थामा आइतबार बिहान भेटिएको थियो ।

फोटो देखेपछि चिन्यौं

-गेस्ट हाउस सञ्चालक

बोहोरा दाइ मंसिरदेखि हाम्रो गेस्ट हाउसमा बस्दै आउनुभएको हो । उहाँ एक्लै नै बस्नुहुन्थ्यो । उहाँले भनेअनुसार सोह्रखुट्टेमा गार्मेन्टमा काम गर्ने र ज्याकेट र रेनकोटको मार्केटिङको काम गर्ने भन्ने सुनेका थियौं । दुई साताअघि ५० लाख खाएर भागेको मान्छे फेला पारें, केही दिन नआउन पनि सक्छु, नडराउनुहोला, फोन पनि नलाग्न सक्छ भन्नुभएको थियो । रुमको भाडा दिन बाँकी भएर त्यसो भनेको होला जस्तो लाग्यो । उहाँले भनेअनुसार पैसा खाएर भाग्ने मान्छे महिला हो भन्ने लाग्छ ।

गएको शनिबार बिहानै कपडा धोई सुकाएर नुहाइधुवाइ गरेर बस्नुभएको थियो । त्यही दिन बेलुका करिब ३/४ बजेतिर स्कुटर लिएर निस्कनुभएको हो ।

त्यसपछि सोमबार बिहानै एक जनाले ‘चिन्नुहुन्छ यो मान्छे’ भनेर फोटो देखाए । आफ्नै गेस्ट हाउसमा बस्ने मान्छे नचिन्ने कुरै थिएन । फोटो देखेपछि चिन्यौं र हामी झस्याङ्ङ भयौं । आइतबार सुटकेसमा उहाँको नै शव भेटिएको भन्दा खल्लो लाग्यो । सोमबार प्रहरीहरू आएर उहाँ बसेको रुम हेर्नुभयो । नागरिकता पनि रहेछ । अनि उहाँको पहिचान खुलेको थाहा पायौं । धेरै समय भयो, हाम्रो गेस्ट हाउसमा बसेको । त्यसकारण पनि हत्या भएको भनेर पत्याउनै सकिरहेको छैन । हत्यामा संलग्नलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।

(गेस्ट हाउस सञ्चालकसँग फोनमा भएको संवाद)

चितवनबाट महिला पक्राउ

गोंगबुमा कृष्णबहादुर बोहोराको बीभत्स हत्या भएको घटनामा संलग्न रहेको आरोपमा चितवनको टाँडीबाट एक महिला पक्राउ परेकी छन् । चितवन प्रहरीले टाँढी, माधवपुरबाट कल्पना शाहीलाई हत्याको आशंकामा पक्राउ गरेको हो । स्रोतका अनुसार उनी प्रहरीले सोमबार फेला पारेको हत्या भएको घरको कोठामा बस्दै आएकी थिइन् । तर, हत्यापछि शव फालेर उनी चितवन गएको प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको छ । प्रहरीले उनलाई सोमबार राति नै काठमाडौं ल्याउँदै छ ।

आइतबार गोंगबु चोकनजिकै सुटकेसभित्र टाउको र खुट्टाबिनाको शव फरक फरक स्थानबाट तालिम प्राप्त कुकुरको सहायताबाट प्रहरीले फेला पारेको थियो । राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय

लाइसेन्स छपाइ तीव्र, दैनिक ४० हजारसम्म उत्पादन

  चैत २७,काठमाडौँ।  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स