नेपालमा कोरोना भाइरसबाट महिलाभन्दा पुरुष संक्रमित अत्यधिक, पुरुष संक्रमित ८४ प्रतिशत

साउन २६, काठमाडौं : नेपालमा कोरोना भाइरसबाट महिलाभन्दा पुरुष संक्रमित अत्यधिक देखिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ। यीमध्ये पुरुष १९ हजार ३ सय ३१ (८४ प्रतिशत) जना छन्। महिलाको संख्या ३ हजार ६ सय ४१ (१६ प्रतिशत) छ।

 

यसको कारण के होला ? विभिन्न अध्ययन जारी रहे पनि मुख्यतः जीवनशैली र आनीबानी नै जिम्मेवार मानिएका छन्। ‘महिलाको बाहिरी हिँडडुल कम हुन्छ’, जनस्वास्थ्यविज्ञ डा. सुरेश तिवारी भन्छन्, ‘रोग प्रतिरोधात्मक क्षमता पनि तुलनात्मक रूपमा महिलामा नै बढी हुन्छ।’

पुरुषमा असावधानी र असुरक्षित दिनचर्या कारक रहेको अध्ययनले देखाएका छन्। जैविक रूपमा रोग प्रतिरोध क्षमता कमी भएका पुरुष बढी जोखिममा पाइएका छन्। स्वस्थकर खाने, समयमै खाने बानीले पनि महिलामा संक्रमण न्यून देखिएको हुन सक्ने डा. तिवारीको भनाइ छ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बम घरबाहिर निस्कने र काम गर्न चलायमान हुने भएकाले पुरुषमा बढी संक्रमण र मृत्युदर पनि बढी देखिएको बताउँछन्। मधुमेह, उच्च रक्तचाप, क्यान्सर, मुटुरोग, निमोनिया, श्वासप्रश्वासलगायत दीर्घ रोगबाट महिला-पुरुष नै पीडित छन्। दीर्घरोगीलाई कोरोनाले मृत्युको मुखमा पुर्‍याउने जोखिम हुने विज्ञको भनाइ छ।

‘पुरुषमा बढी संक्रमण देखिनु स्वाभाविक नै हो। कोमर्बिडिटी डिजिज भनिने मधुमेह, क्यान्सर, मुटुरोग, उच्च रक्तचाप र मिर्गौलाको समस्या महिलामा पनि पुरुषमा बढी देखिएको छ’, डा. बम भन्छन्, ‘कोमर्बिडिटीको अवस्था पुरुषमा बढी देखिएकोले मृत्युदर पनि बढी पाइएको हो।’

ग्लोबल हेल्थ ५०-५० गरेको अध्ययनले धूमपान, मद्यपान, अस्वस्थ जीवनशैलीका कारण महिलाको तुलनामा पुरुषको स्वास्थ्य कमजोर हुने निष्कर्ष निकालेको छ। उसले कोरोना अति प्रभावित २० मुलुकमा आधारित रहेर अध्ययन गरेको थियो। चीनमा आधाभन्दा बढी पुरुषले धूमपान गर्छन्। जनसंख्याको दुई प्रतिशत महिलाले मात्र धूमपान गर्छन्। इटालीमा ३० प्रतिशत पुरुषले धूमपान गर्छन्। त्यहाँ धूमपान गर्ने महिलाको संख्या १९ प्रतिशत छ। अमेरिकामा महिलाभन्दा चार प्रतिशत पुरुषले बढी धूमपान गर्छन्। विश्वभरि नै विशेषगरी ६० वर्ष नाघेका पुरुषलाई संक्रमणको बढी जोखिम देखिएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार युरोपमा ११ हजार २ सय २८ जना संक्रमित हुँदा ५७ प्रतिशत पुरुष थिए। १ हजार ३२ जनाको मृत्यु हुँदा महिला २ सय ९५ (२८ प्रतिशत) थिए। दक्षिण कोरिया, इटाली, फ्रान्स, जर्मनी, इरान, स्पेनमा संक्रमण र मृत्यु हुनेमा पुरुष धेरै छन्। इटालीमा १० जना महिलाको मृत्यु हुँदा पुरुषको संख्या २४ छ। चीनमा १० महिलाको मृत्यु हुँदा पुरुषको संख्या १८ छ। जर्मनीमा १० महिलाको मृत्यु हुँदा पुरुष १६ जना छन्। इरानमा १४ पुरुषको मृत्यु हुँदा महिलाको संख्या १० छ। फ्रान्समा १० महिलाको मृत्यु हुँदा पुरुष १४ जना देखिन्छ। दक्षिण कोरियामा १० महिलाको मृत्यु हुँदा पुरुष १२ जना छन्। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सार्वजनिक खरिदका श्रमिकलाई न्यूनतम पारिश्रमिक तोकियो, अदक्ष कामदारको दैनिक १७४० पुग्यो

कार्तिक २३, २०८३, काठमाडौं । सरकारले सार्वजनिक खरिदअन्तर्गत सञ्चालन हुने सम्पूर्ण आयोजना तथा कार्यक्रममा आबद्ध

ट्रेड युनियन अधिकार कमजोर पार्ने सरकारी निर्णय फिर्ता लिन अन्तर्राष्ट्रिय श्रमिक संगठनहरूको माग

कार्तिक १९,काठमाडौं । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ एसिया–प्रशान्त क्षेत्र (आईटीयूसी–एपी) सहित विभिन्न अन्तर्राष्ट्रिय श्रमिक संगठनहरूले

प्रधानन्यायाधीश र न्यायाधीशबारे छानबिन गर्न माग

काठमाडौँ, १३ कात्तिक। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको नाम जोडिएर

बंगालको खाडीको न्यून चापीय प्रणालीको प्रभाव: बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न

अख्तियारकी आयुक्त अमात्य र प्रदीप अधिकारीबीचको अडियोले घुस र अनुसन्धानको सूचना चुहावटमाथि प्रश्न

आश्विन २६,काठमाडौं । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा