साउन २५, भोजपुर : रामप्रसाद राई गाउँपालिकामा राहतको चामल गुणस्तरहीन पाइएको छ । गाउँपालिकाले खडेरी र कोभिड–१९ प्रभावितलाई बाँडेको चामल खान नमिल्ने भेटिएको हो ।

वडा नम्बर २ धाद्लेखानीका अजम्बर राईले सडिएको, अन्य अखाद्य मिसिएको बताए । ‘लकडाउनले मजदुरी टुटेपछि परिवारको छाक टार्न धौधौ भएका बेला राहतमा पनि कुहिएको चामल पाइयो । योभन्दा ठूलो विडम्बना अरू के हुन्छ ? ’, उनले भने । गाउँपालिकाले ६ वडाका २ हजार १ सय ८४ परिवारलाई राहत दिएको थियो ।
वडा नम्बर ४ दलगाउँमा बाँडिएको चामलमा पनि ढुंगा, कनिका, चुराको टुक्रा र प्रशस्त बिया भेटिएको स्थानीयको गुनासो छ । राहतका नाममा सडिएको चामल पाएपछि विपन्न तथा मजदुरका परिवारलाई निल्नु न ओकल्नु भएको टंकराज भट्टराईले सुनाए ।
राहतका नाममा कुहिएको चामल पाउँदा अन्य विकल्प खोज्न बाध्य बनाएको ओखे्रेकी प्यारी राईले सुनाइन् । भनिन्, ‘चामलको बोरा खोल्दा कम गुणस्तरको पाइयो ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय