सिंहदरबार प्रवेशमा कडाइ

साउन २२, काठमाडौँ : कोरोना भाइरस सङ्क्रमण महामारी रोकथाम तथा नियन्त्रणका लागि मुलुकको मुख्य प्रशासनिक कार्यालय सिंहदरबारभित्र सर्वसाधारणको प्रवेशमा कडाइ गरिएको छ । 

काठमाडौँ  उपत्यकामा कोरोना सङ्क्रमण बढ्न थालेपछि सरकारी पदाधिकारी, कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षा तथा आवश्यक सतर्कताका लागि बुधबारबाट सिंहदरबार प्रवेशमा कडाइ गरिएको गृह मन्त्रालयले स्पष्ट पारेको छ ।

वर्तमान तथा पूर्वसरकारी पदाधिकारी, सांसद र सरकारी कर्मचारीले अनावश्यक व्यक्ति आफूसँंगै प्रवेश गराउने तथा अत्यावश्यक कामबाहेक अन्य व्यक्तिलाई प्रवेशमा रोक लगाइएको छ । सञ्चारकर्मीका लागि सूचना विभागको प्रेस पास अनिवार्य गरिएको छ । 

सर्वसाधारण सेवाग्राहीका लागि विभिन्न मन्त्रालयबाट जारी हुने ई–गेट पास सेवा अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको छ । सिंहदरबार प्रवेश गर्नेहरूका लागि स्वचालित सीसी थर्मगनबाट ज्वरो नाप्ने व्यवस्था गरिएको छ ।

सिंहदरबार परिसर सुरक्षामा परिचालित प्रहरी सुरक्षा गणका प्रमुख सुवास बोहराले बुधबारबाट अनावश्यक व्यक्तिको प्रवेशमा रोक लगाइएको बताए । उनले प्रवेशद्वारमा पीपीई पोसाकसहितका सुरक्षाकर्मी खटाई सुरक्षा तथा स्वास्थ्य सतर्कता अपनाइएको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय