नेकपा बैठकः ठाकठुकमै सुरु भयो, ठाकठुकमै सकियो

साउन १९, काठमाडौं : राजनीतिक प्रसंगमा अचेल प्रायःले सोध्ने एउटा प्रश्न छ– नेकपाका अध्यक्षद्वयको सम्बन्ध खासमा कस्तो हो ? यसको उत्तर भने कोहीसँग छैन। कारण– दुई नेताबीचको सम्बन्धको उतार–चढावले वास्तविकता बुझ्नै गाह्रो छ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ६ दिन सम्पर्कविहीन भए। त्यो संवादहीनता तोड्दै आइतबार तीन घण्टा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको कुराकानीमा दुवैले पहिलाभन्दा वरिष्ठतम् सहयोगी पनि राखे। अर्थात्, ओलीले सुवास नेम्बाङ र दाहालले झलनाथ खनाल।

छलफल भने ठाकठुकमै सुरु भयो, ठाकठुकमै सकियो। एउटा पदबाट राजीनामा दिनुपर्ने दाहालले जिकिर गरे। त्यसमा कुरै नगर्ने ओलीले अडान कायम राखे। छलफलपछि ब्रिफिङ सुनेका एक नेताका अनुसार ओली र दाहालले अघिपछिको जस्तै मन माझामाझ गरे। आपसका अभिव्यक्तिदेखि आरोप–प्रत्यारोपसम्मका सन्दर्भमा पुरानै शैलीमा छेडखान पनि गरे। पार्टी एकता जोगाउने, पार्टी कमिटीबाटै छलफल गरेर निचोडमा पुग्ने भन्नेमा समेत चर्चा गरे।

तर, मिल्दा के–के विषयमा कसरी सहमति जुटाउने भन्नेमा भने दुवै पुरानै रटानमा अडिए। स्रोत भन्छ– ओली स्थायी समिति बैठक रोकेर सचिवालय बोलाउने मनस्थितिमा थिए। दाहाल भने अवरुद्ध स्थायी समिति बैठक कहिले बोलाउने भन्नेमै केन्द्रित देखिए।एक सचिवालय सदस्यले अन्नपूर्णसँग भने, ‘प्रधानमन्त्री स्थायी समिति बैठक बोलाउनेतिर देखिनु भएको छैन। केन्द्रीय समिति पनि उचालेर बोलाउन खोजिएको भन्नेमा हुनुहुन्छ। उहाँ सचिवालय बैठक बोलाउने, ३ साउनको प्रस्तावकै आधारमा सचिवालयवाट प्रस्ताव तयार पारेर अगाडि बढाउने गरी जान खोज्नु भएको छ। त्यसमा कुरा बाझिइरहेकै छ।’ साउन १३ मा ओलीले स्थायी समिति बैठक रोक्ने र दाहाल–नेपाल समूहले राख्ने दोहोरीबीच विवाद उत्कर्षमा पुगेको थियो। त्यसयता दुई अध्यक्षबीच संवाद हुन सकेको थिएन। तर, दाहाललाई उनी निकट नेताहरूको बैठकले ओलीसँग संवाद गरेर सहमति खोजी गरी स्थायी समिति बैठक बोलाउन म्यान्डेट दिएको थियो।

त्यसयता दुई नेता आइतबार मात्रै संवादमा बसेका थिए। यसबीच दुवै अध्यक्षसँग महासचिव विष्णु पौडेलले दुई चरण र शंकर पोखरेलले दाहालसँग एक चरण छलफल गरेका थिए। त्यसले संवादको वातावरण बनाएको थियो।

बैठकमा १३ साउनमा दाहालको अध्यक्षतामा बालुवाटारमै बसेको बैठकलाई पार्टी बैठक भन्ने कि गुटको भेला भन्नेमा केहीबेर दुई अध्यक्षबीच भनाभन भएको थियो। दाहालले स्वेच्छाले एउटा पदबाट राजीनामा दिन ओलीलाई आइतबार पनि आग्रह गरेका थिए। ओलीले अहिले कुनै पद नछाड्ने बरु महाधिवेशन छिटो गरेर नेतृत्व सहज हस्तान्तरण गर्नै पुरानै कुरामा अड्डी लिएका थिए।बैठक सचिवालय बोलाउने या स्थायी समिति भन्नेमा पनि ओली दाहालका आ–आफ्नै मत थिए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय