July 26, 2020

बाथ रोग के हो र यसको घरेलु उपचार बिधी

रगतमा युरिक एसिडको मात्रा बढ्न गइ शरिरको जोर्नी अङग युरेट क्रिस्टल जम्मा भएर जोर्नी सुन्निने र दुख्ने रोग गठिया बाथ हो । 

कारण


रगतमा रहेको युरिक एसिड लाई मृगौलाले राम्ररी छान्न नसक्दा यस्को मात्रा बढ्न जाने हुदा यो रोग लाग्दछ । १) फास्ट फुड, जन्क फुड, डिब्बाबन्द खाना अधिक खएमा गठिया बाथ रोग हुन सक्दछ । २) ज्यादा क्रोधी र दिनमा सुत्ने आदत भएमा । ३) अधिक खाना खाने र श्रम नगर्ने ब्यक्तिमा यो रोग अधिक मात्रामा देखिएको छ । ४) बोसोयुक्त भोजन धेरै गरेमा । ५) अजीर्ण रोगले ग्रसित भएमा । ६) प्रोटिन युक्त खाना (अन्डा दाल मासु) अधिक खाएमा । 

लक्षण


१) औला र जोर्निहरु दुख्नु । २) ज्वोरो आउनु, कब्जियत हुनु र टाउको दुख्नु । ३) जोर्निहरु सुन्निनु । ४) अधिक प्यास लाग्नु । ५) हातखुट्टामा गाठागुठी देखिनु । 

घरेलु उपचार बिधी


खानपानमा नियन्त्रण गरि नियमित हिडडुल गरि प्रसस्त पानी पिउने गरेमा यो रोग लाग्ने सम्भावना कम रहन्छ । १) प्रतिदिन १-२ वटा हर्रो कुटेर चुर्ण बनाइ सख्खर सँग खाने । २) गुर्जोको रस पिएमा गठिया रोगको सुन्निने र दुख्ने कम हुन्छ । ३) अडिरको तेल सँग गुर्जोको रस मिलाएर सेवन गरेमा रोग निको हुन्छ । ४) तिल भुटेर दूध सँग पिसेर सुन्निएको ठाउँमा लेप लगाउदा सुन्निएको बस्ने र दुखेको कम हुन्छ । ५) जैतुनको तेलले प्रभावित ठाउँमा मालिस गरे पनि राहात मिल्दछ । ६) अदुवाको रस सेवन गर्दा पनि बाथ रोग कम हुन्छ । ७) जन्तुजन्य प्रोटिन, दाल गेडागुडी नगन्य मात्रामा खाने तथा अल्कोहल सेवन नगर्ने । ८) पारीजातको पातको उमालेर सो रस नियमित १५ दिन सम्म सेवन गर्ने । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा