संसद् भवन निर्माण तीव्र

news_paper

काठमाडौँ / सिंहदरबारस्थित निर्माणाधीन संसद् भवन आगामी दुई वर्षभित्र तयार हुने भएको छ । भवन तयार भएपछि महँगो भाडा तिर्नुपर्ने अवस्थाको अन्त्य हुुनेछ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले शुक्रबार निर्माणाधीन संसद् भवनको स्थलगत अनुमगन गर्नुहुदै सरकारका महत्त्वपूर्ण कामको नतिजा जनताले देख्ने र महसुस गर्ने बेला भएको बताएका छन् ।

उनले अबका दिनमा सरकारले भाडामा भवन लिएर संसद् सञ्चालन गर्नुपर्ने अवस्थाको अन्त्य हुने दाबी गरे । वार्षिक १५ करोड भाडा तिरेर अहिले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद् सञ्चालन भइरहेको छ ।निर्माणाधीन संसद् भवनको भौतिक प्रगति सात प्रतिशत छ । साइट क्लियरेन्सका लागि समय लागेकाले केही ढिलाइ भएको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिए ।

१७३ रोपनी क्षेत्रफलमा निर्माणाधीन संसद् भवन निर्माणको लागत छ अर्ब ९२ करोड रुपियाँ छ । गत वर्ष असोज १६ मा सम्झौता भएको उक्त भवन निर्माणको अवधि तीन वर्षको छ ।आजको गोरखापत्र दैनिकमा खबर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय