July 20, 2020

वैदेशिक रोजगारमा २७.५९ प्रतिशतले गिरावट

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक घटेका छन् । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ को तुलनामा आर्थिक वर्ष २०७६/७७ मा श्रम स्वीकृति लिने श्रमिक २७.५९ प्रतिशतले घटेका छन् ।


विश्व महामारीका रूपमा फैलिएको कोरोनाका कारण स्वदेशमा श्रम स्वीकृति बन्द हुनुका साथै स्वदेश तथा विदेशमा बन्दाबन्दीले सबै उडान ठप्प हुँदा यो सङ्ख्या घटेको हो । विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा पाँच लाख आठ हजार ८०२ जनाले श्रम स्वीकृति लिएर विदेशिएकोमा आर्थिक वर्ष २०७६/७७ मा तीन लाख ६८ हजार ४३३ जनाले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिएका पनि धेरैजसो अझै जान पाएका छैनन् ।

गत फागुनदेखि नै श्रम गन्तव्य मुलुक र नेपालमै पनि कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा श्रम स्वीकृति लिएका पनि जान पाएका छैनन् । रोजगारीमा गएकामध्ये अहिले पनि कतिपय विदेशमै अलपत्र परेर सरकारले चार्टर उडानमार्फत स्वदेश फिर्ता गरिरहेको छ । नेपाल सरकारले गएको फागुन २९ गतेबाट श्रम स्वीकृति दिन बन्द गरेको थियो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले यो वर्ष श्रम स्वीकृति लिनेको सङ्ख्या अघिल्ला वर्षभन्दा घट्नु स्वाभाविक भएको बताए । उनले गत आर्थिक वर्षको चार महिना त श्रम स्वीकृति र अन्तर्राष्ट्रिय उडान पूर्ण रूपमा बन्द भएकाले श्रम स्वीकृति लिनेको सङ्ख्या घटेको बताए । 

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय