July 6, 2020

२८ वर्षपछि उपत्यावासीको मेलम्ची सपना साकार हुँदै

काठमाडौं । काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई भरपर्दो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकारले लामो समयदेखि विभिन्न प्रयास गर्दै आएकामा मेलम्ची प्रयास २८ वर्षपछि पूरा हुने देखिएको हो ।

सरकारले २०२९ देखि नै खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतको पहिचान गर्न अध्ययन थालेकामा २०४१ मा भएको अध्ययनले उपत्यकामा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेलम्चीलगायत विभिन्न २२ वटा विकल्प पहिचान गरेको थियो ।

त्यसपछि २०४९ को अध्ययनले आर्थिक र प्राविधिक रूपमा उत्तम विकल्पका रूपमा मेलम्ची, याङ्ग्री र लार्केबाट दैनिक कुल ५१ करोड लिटर (प्रत्येकबाट १७ करोड लिटर) पानी काठमाडौं उपत्यकामा आपूर्ति गर्न उपयुक्त हुने निष्कर्ष निकालेकोे थियो । सोहीअनुसार सरकारले चरणबद्ध रूपमा मेलम्ची, याङ्ग्री र लार्केको पानी काठमाडौंमा ल्याउने योजना कार्यान्वयनका लागि २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरेको थियो । तत्पश्चात् समितिले प्रथम चरणमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा आपूर्ति गर्न अथक प्रयास गरिरहेको छ ।

डिजाइन र पूर्वाधारहरू निर्माणका प्रारम्भिक कार्यहरू पश्चात् २०६६ देखि सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाअन्तर्गत अम्बाथानबाट काठमाडौं उपत्यकाको सुन्दरीजल सम्म पानी प्रवाह गर्न करिब २७ दशमलव ५ किमि सुरुङ निर्माणको कार्य सुरु गरियो । सो निर्माणका क्रममा सन्तोषजनक प्रगति हुन नसकेका कारण चाइना रेलवे १५ ब्युरो गु्रप कर्पोरेसन र चाइना मेसिनरी इन्डस्ट्री गु्रप कर्पोरेसन इन्क जेभीसँग भएको निर्माण सम्झौता रद्द गर्नुप-यो ।

त्यसपछि नियुक्त दोस्रो निर्माण व्यवसायी सिएमसी डि रेभेनाले सुरुङको ब्रेकथु्र गरेको भए तापनि २०७५ साल १० पुसदेखि एकतर्फी रूपमा निर्माणस्थल छाडेपछि मेलम्ची आयोजनाले निजसँगको ठेक्का रद्द गरी वैकल्पिक व्यवस्था गर्नु परेकाले आयोजना सम्पन्न हुन ढिलाइ भएको हो । सुरुङको बाँकी काम एक वर्षभित्रमा सम्पन्न गर्न समितिले तत्कालै द्रुत प्रक्रिया अपनाई चीनको निर्माण कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिसँग २०७६ साल १२ असोजमा सम्झौता गरेको थियो ।

त्यसैगरी, हेडवक्र्स निर्माणको कार्य १५ महिनाभित्र सम्पन्न गर्ने गरी सोही कम्पनीसँग २०७६ असोज २४ गते अर्को छुट्टै सम्झौता पनि गरिएको छ ।

आयोजनाले प्रथम चरणमा सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने केन्द्रको निर्माण कार्य सम्पन्न गरेको छ । हेडवक्र्सको निर्माण कार्य जारी रहेको अवस्थामा सो स्थलदेखि एक सय मिटरमाथि निर्माण गरिएको अस्थायी बाँध (कफर ड्याम)बाट डाइभर्सन टनेल हुँदै सुरुङमार्गमा पानी प्रवाह गरिएको छ ।

हेडवक्र्सको निर्माण सम्पन्न भएपछि स्थायी संरचनामार्फत नियमित रूपमा पानी प्रवाह गरिनेछ । अहिलेको अन्तरिम व्यवस्थाअन्तर्गत पूर्ण रूपमा पानी प्रवाह भएपछि दैनिक १७ करोड लिटर पानी काठमाडौंमा उपलब्ध हुनेछ र त्यसले उपत्यकाको खानेपानी समस्या निवारण गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास यस समितिले लिएको छ ।

पानी पथान्तरण सुरु भएसँगै मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुमलगायतका क्षेत्रहरू साथै बाग्मती नदीमा कुनै पनि बेला पानीको बहाव बढ्न सक्ने भएकाले नदी किनारमा जानु पर्दा विशेष सावधानी अपनाउनुपर्ने समितिले जनाएको छ । मनसुनको समय भएकाले मेलम्चीको पानी आएपछि अझ बाढीको सम्भावना रहेकाले सर्वसाधारणलाई सचेत हुन समितिले आह्वान गरेको छ । सविन शर्मा/ दिनेश थापाले राजधानी दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय

लाइसेन्स छपाइ तीव्र, दैनिक ४० हजारसम्म उत्पादन

  चैत २७,काठमाडौँ।  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स