July 6, 2020

कांग्रेसभित्र ‘सत्ता–परिचर्चा’, पार्टी विभाजन नभएसम्म मौन रहने नीति

कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा नेताहरूसँगको भेटबारे देउवासँग जवाफै मागे। तर, ‘अनावश्यक कुरा’ गरेको भन्दै देउवा झोंक्किए। ‘वरिष्ठ नेताले यस्ता अनावश्यक कुरा गर्ने ? ’, देउवाले संक्षिप्तमा भने, ‘सत्ता साझेदारीबारे कुनै कुरा भएको छैन।’

नेता पौडेलले कांग्रेस सत्ताको जोडघटाउमा लाग्नु उपयुक्त नहुने भन्दै संशय व्यक्त गरे। देउवाले संवैधानिक परिषद् बैठक र विभिन्न आयोगमा रिक्त पदमा नियुक्तिबारे छलफल भएको जानकारी दिए। नेम्बाङसँगको भेटबारे सबै कुरा नेता डा. मीनेन्द्र रिजाललाई थाहा भएको भन्दै उनी पन्छिए।

‘सुवास नेम्बाङजीले संवैधानिक आयोगका नियुक्तिका विषयमा छलफल गर्न सभापतिज्यूसँग भेट गर्नुभएको हो’, नेता डा. रिजालले भने, ‘अस्ति प्रधानमन्त्री र सभापतिज्यूबीच भएको छलफलअनुसार संवैधानिक परिषद्को बैठक बोलाउने र रिक्त आयोगमा मनोनित गर्नेबारे छलफल भयो। त्योभन्दा अरू थप केही छलफल नै भएन।’

प्रवक्ता विश्वकर्मा शर्माले संवैधानिक परिषद् बैठकबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाएपछि देउवा बालुवाटार गएको उल्लेख गरे। ‘प्रधानमन्त्री ओली र सभापति देउवाबीच यही विषयमा आधा घण्टा छलफल भयो’, प्रवक्ता शर्माले अन्नपूर्णसँग भने, ‘अन्तिममा प्रधानमन्त्रीले पार्टीभित्र आफूलाई असहयोग भएको, सरकार के हुने भन्ने अन्योल भइरहेको, यस्तो बेला तपाईंको सहयोग आवश्यक हुन्छ भनेर प्रस्ताव गर्नुभयो।’ देउवाले भने पार्टीमा मिलेर अघि बढ्न शुभकामना दिएको उनले उल्लेख गरे।

कांग्रेस स्रोतले भने प्रधानमन्त्रीले सम्भावित सत्ता साझेदारीबारे प्रस्ताव गरेपछि देउवाले आफूनिकट नेतारूसँग छलफल चलाएको जनाएको छ। पार्टी विभाजन भए सम्भावित सत्ता साझेदारीका लागि नेकपाका दुवै पक्षले देउवा र उनीनिकट नेतासँगको भेटलाई तीव्रता दिएका छन्। सभापतिभन्दा पनि दोस्रो तहका नेता नेकपाका दुवै पक्षसँग सम्पर्कमा रहेको एक नेताले बताए। ‘हामी नेकपा फुटोस् र सरकारमा जाऔंला भनेर कुरेर बसेका छैनौं’, ती नेताले भने, ‘उहाँहरू फुट्नुभयो र कांग्रेस सहभागी नभई सरकार नबन्ने अवस्था आयो भने त्यसबारे छलफल गर्न सकिन्छ।’

प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताले राजीनामा मागेका छन्। विवाद मिलाउन जारी सहमतिका प्रयासले सार्थकता नपाइरहेका बेला नेकपा नेता नै कांग्रेस नेतासँग सम्भावित सत्ता गठनबन्धनका लागि सक्रिय भएका हुन्। कांग्रेसले भने नेकपा विभाजन नभएसम्म सत्ता साझेदारीबारे छलफलको औचित्य नभएको भन्दै मौन रहने नीति लिएको छ।

‘ओली र दाहाल दुवै पक्षका नेता हामीसँग कुरा गर्न आएका छन्। तर, पार्टी विभाजन नै नभई हामीले कसलाई समर्थन गर्ने भन्ने कुरै हुँदैन’, देउवानिकट अर्का एक नेताले भने, ‘सभापतिसँग कुरा गर्नुपर्‍यो भनेर मसँग पनि नेताहरू कुरा गर्न आएका थिए। तर, पार्टी नै नफुटी कसरी सत्ता गठबन्धनको कुरा हुन्छ ? ’ उनका अनुसार नेकपा नेताले पार्टी मिल्ने ठाउँ नरहेको दाबी गर्न थालेका छन्।

डा. रिजालले पार्टी बैठकमा सत्ता सहकार्यका लागि नेम्बाङले प्रस्ताव ल्याएको भन्ने चर्चाको खण्डन गरेका थिए। ‘उहाँहरूको पार्टी आन्तरिक द्वन्द्वमा छ। प्रधानमन्त्री हटाउने हो भने संसदीय दलका नेताबाट हटाउनुपर्‍यो। पार्टी अलग भयो भने दुई पार्टीमध्ये कुन पार्टीको प्रधानमन्त्री बनाउने हो, त्यसपछिको कुरा हो’, उनले अन्नपूर्णसँग भने, ‘सुवासजीले न कुनै सत्ता सहकार्यको प्रस्ताव गर्नुभयो न हामी कम्युनिस्ट पार्टी फुट्ला भनेर कुरेर बसेका छौं।’  खगेन्द्र भण्डारीले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय