June 28, 2020

सीमा रक्षक जनताको विकासमा ध्यान दिन नेकपा नेताको सुझाव

822x388-1-696x329-1-480x329

जारी स्थायी कमिटी बैठकमा बोल्दै शनिबार नेताहरुले भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ताका लागि सरकारले विशेष पहल गर्नुपर्ने धारणासमेत राखेका छन् । नेकपा स्थायी कमिटीका सदस्य सत्यनारायण मण्डलले सीमा नाकाको रक्षा गर्ने नेपाली जनताको विकासका लागि सरकारले विशेष प्याकेजसहितको योजना ल्याउनुपर्ने बताए । विना बर्दीका ती सीमा रक्षकहरुको विकासमा सरकारले ध्यान दिन आवश्यक रहेको उनको भनाइ थियो ।

‘बिना बर्दीका रूपमा सीमाको रक्षा गर्ने नेपाली जनताको विकासका लागि सरकारले विशेष ध्यान दिन आवश्यक छ,’ मण्डलले भने, ‘ती नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु नभएको भए सीमाको रक्षा गर्न सकिँदैनथ्यो ।’

उनले मानव विकास सूचकांकमा कर्णालीभन्दा पनि तल रहेको सीमावर्ती क्षेत्रमा सरकारले ध्यान नदिए झनझन गरिबी बढ्ने बताए । गरिब, किसान, पिछडिएको समुदायको दैनिक जीवन कष्टकर रहेको बताउँदै मण्डलले शिक्षा, स्वास्थ्य, यातायातलगायतका क्षेत्रमा सरकारले लगानी गर्न आवश्यक रहेको बताए ।

स्थायी कमिटीका अर्का सदस्य गणेश साहले सीमा रक्षक नेपालीको दैनिक जीवन अरु क्षेत्रको भन्दा फरक रहेको बताए । सुगम भएर पनि तराई मधेस विकासको सवालमा पछाडि हुनु गम्भीर विषय रहेको उनको भनाइ थियो ।

‘हिमाल, पहाडभन्दा तराई मधेस सुगम हो, तर विकासमा पछाडि छ । सीमा रक्षकहरुको रक्षा गर्ने काम सरकारको हो,’ साहले भने, ‘सीमाको रक्षा गर्ने विना बर्दीका नेपालीको समग्र विकासमा सरकार गम्भीर हुनुपर्छ ।’

नेपाल–भारतको खुला सीमा क्षेत्रमा केहीले तारवारको कुरा गर्ने गरेको भए पनि आवश्यकता नभएको उनले बताए । सीमाको रक्षा गर्ने नेपालीको शिक्षा, स्वास्थ्य, सुरक्षाको जिम्मेवारी सरकारको भएकाले गम्भीर हुन आवश्यक रहेकोमा उनले जोड दिए ।

बैठकमा भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ताका लागि सरकारले वार्तामार्फत फिर्ता गर्नुपर्ने धारणामा नेताहरु एकमत देखिएका छन् । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा बोल्ने नेताहरुले अतिक्रमित भूमि फिर्ता ल्याउने सवालमा सबै नेताको समान धारणा रहेको बताए ।

यस्तै, सीमाको रक्षा गर्ने सीमावर्ती क्षेत्रका जनताको विकासका लागि सरकारले विशेष योजनासहित कार्यक्रम ल्याउनुपर्ने सुझावसमेत आएको उनले बताए । शनिबारको बैठकमा २१ जना नेताले आफ्नो धारणा राखेको र यो क्रम अझै जारी नै रहेको उनले बताए ।

बैठक दुई दिनका लागि स्थगित भएको छ । अर्को बैठक मंगलबार बस्ने प्रवक्ता श्रेष्ठले बताए । आइतबार मदन जयन्ती र सोमबार दही चिउरा खाने कार्यक्रममा नेताहरु सहभागी हुनुपर्ने भएकाले दुई दिनका लागि बैठक स्थगित गरिएको हो ।

बैठकमा प्रधानमन्त्री एव नेकपा अध्यक्ष केपी शर्मा ओली केहीबेर बसेर निष्केको श्रेष्ठले बताए । स्वास्थ्य स्थिति त्यतिअनुकूल नभएकाले आराम गर्ने भन्दै जानकारी गराएर प्रधानमन्त्री निष्केको बताइएको छ । शुक्रबारको बैठकमा ओली अनुपस्थिति थिए । सभाष साहले राजधानी दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय